-सञ्जय साह मित्र

भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश मानिन्छ। एक सय चालीस करोड जनसङ्ख्या रहेको भारतमा सय करोडभन्दा बढी मतदाता छन्। भूगोलको दृष्टिकोणले पनि विशाल र विविधताले भरिपूर्ण विशाल देश भारतमा लोकसभाको निर्वाचन विश्वकै लागि एउटा दर्शनीय पर्व हो। लोकतन्त्रप्रति आस्था राख्ने विश्वका हरेक बौद्धिक व्यक्तित्वको लागि भारतको निर्वाचन पर्व हुने गरेको छ। भारतको लोकसभाको निर्वाचनको प्रत्यक्ष दर्शन गर्ने चाहना धेरैको हुन्छ। यदि प्रत्यक्ष दर्शन सम्भव हुँदैन भने आजको युग त प्रविधिको युग हो। प्रविधिमैत्री मिडियाले सबै खबरलाई महत्व दिइरहेको हुन्छ। नागरिकको रुचिलाई मिडियाले निरन्तर पस्किइरहेको हुन्छ। यसले गर्दा भारतीय चुनावलाई प्रत्यक्ष हेर्न नपाए पनि विभिन्न सञ्चार माध्यमले भने हेरिरहेका हुन्छन्। स्वतन्त्र भारतको मिडियालाई पनि निकै शक्तिशाली मानिन्छ। यस कारण मिडियाप्रति जनताको विश्वास छ र मिडियाले पनि दर्शकको विश्वास आर्जन गरिरहन निरन्तर प्रयास गरेको देखिन्छ।

विशाल देश र मतदाता पनि अत्यधिक रहेको कारण निर्वाचनको व्यवस्थापन निकै महत्वपूर्ण रहन्छ। सम्भवतः यसैले भारतमा निर्वाचन प्रक्रिया केही लामो हुन्छ। विभिन्न चरणमा मतदान हुन्छ। यसपटक भारतमा सात चरणमा मतदान भएको छ। भारतमा यसपटकको निर्वाचनमा करीब पचपन्न लाख इभिएम उपयोग गरिएको छ। इभिएम भनेको विद्युतीय मतपत्र हो। यसलाई इलेक्ट्रोनिक भोटिङ मशीन भनिन्छ। कागजको मतपत्रलाई इभिएमले विस्थापित गरिसकेको छ। यो निकै विश्वसनीय मानिन्छ। हुनत केही शङ्का उपशङ्का पनि थियो तर भारतको सर्वोच्च अदालतले निर्वाचनमा इभिएमको उपयोग गर्ने निर्णय दिएको थियो। इभिएमले मतदान सजिलो र मतगणना झन् सजिलो बनाइदिएको छ। एकै दिन करीब सम्पूर्ण मतगणना सकिने व्यवस्था हुनु निकै महत्वपूर्ण विषय हो। बिहानदेखि शुरू भएको मतगणनाको अन्तिम नतीजा साँझसम्म आउनु यसको विशेषता हो। चुनावमा विद्युत् र विद्युतीय मेशीनको प्रयोग बढिरहेको छ भन्ने कुरालाई भारतको निर्वाचनले पनि स्पष्ट पार्न सकेको छ।

भारतको यस वर्षको लोकसभा निर्वाचनको क्रममा उत्तर भारतमा मौसम निकै प्रतिकूल बनिसकेको थियो। निर्वाचनको केही दिन पहिलेदेखि नै गर्मीका कारण अवस्था दुष्कर बनेको थियो। चुनाव जति नजीकिंदै थियो, गर्मी पनि बढिरहेको थियो। भारतीय मिडियाका अनुसार निर्वाचनमा खटेका केही कर्मचारीको मृत्यु पनि भएको थियो। चुनावमा खटेका कर्मचारीको मृत्यु नै हुनेगरी प्रतिकूल मौसम हुँदा पनि भारतको निर्वाचन अन्य कुनै कारणले बाधित हुन सकेन। सबै निर्वाचन तोकिएकै समयमा पूरा भयो र निर्वाचन परिणाम पनि घोषणा भइसकेको छ। एक हिसाबले निर्वाचनको परिणाम घोषणा भइसकेपछि निर्वाचन प्रक्रिया पूरा भएको मानिन्छ। सामान्यतया विश्वव्यापी  अवधारणा यही रहेको छ कि निर्वाचनको परिणाम घोषणा भएर निर्वाचित जनप्रतिनिधिले प्रमाणपत्र प्राप्त गरेपछि निर्वाचन वैध भएको मानिन्छ। पर्यवेक्षकहरू तथा स्वतन्त्र विश्लेषकहरूले विचार गर्ने पक्ष पनि यही रहन्छ कि निर्वाचन प्रक्रिया शान्तिपूर्ण र निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएको प्रमाणपत्र पाए।

निर्वाचन कुनै पनि लोकतान्त्रिक व्यवस्थाको प्राण हो। निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ। लोकतन्त्रमा जनताको सहभागिता रहन्छ। बालिग मताधिकार प्रयोग गरेर जनताले आप्mनो प्रतिनिधि चयन निर्वाचन प्रक्रियामार्फत नै गर्छ। मतपत्रमार्फत आप्mनो अभिव्यक्ति दिन्छ। गोप्य मतदान प्रक्रियाले लोकतन्त्रमा हरेक व्यक्तिको स्वतन्त्रता  र गोपनीयता सुरक्ष्Fित रहन्छ। सामूहिक सभा, जुलुस, प्रचारप्रसार खुला गर्न पाइन्छ, तर मतदान भने गोप्य हुन्छ। विश्वको मान्यता नै यही हो कि मतदाता, निर्धारित मतदान केन्द्रसम्म पुगेर आप्mनो विवेकले मतदान गरोस्। अनेक उम्मेदवारमध्ये योग्यतम उम्मेदवार वा बहुदलीय प्रणाली भएको अवस्थामा दलको चिह्नमा मतदान गरेर आफ्नो  प्रतिनिधि छान्दछ। प्रतिनिधि छान्नु भनेको आप्mनो अधिकार तिनलाई सुम्पेर तिनीमार्फत आपूmले शासन गर्नु हो। अथवा तिनले गरेको शासनमा आप्mनो छवि देख्नु हो।

भारतको लोकतन्त्र परिपक्व भइसकेको, चुनावले देखाएको छ। केही छिटफुट घटनाबाहेक भारतमा चुनाव शान्तिपूर्ण सम्पन्न भएको छ। शान्तिपूर्ण र मर्यादित चुनावले पनि लोकतन्त्र र लोकतान्त्रिक संस्कारलाई देखाउँछ। चुनावभन्दा पहिले, मुख्यगरी, मिडियाहरूमा जसरी बहस हुन्थ्यो, जसरी चर्काचर्की हुन्थ्यो, जसरी आरोप–प्रत्यारोप हुन्थ्यो, त्यस्तो देखिएन। चुनावको समयमा जहाँजहाँ ठुला नेताहरू पुग्दथे, त्यहाँत्यहाँ मानिसको भीड गज्जबको देखिन्थ्यो। भीड देखेर कसको सरकार बन्दैछ वा कुन पक्ष बलियो छ भन्ने अनुमान लगाउन सजिलो थिएन। चुनावको नतीजा पनि करीब यस्तै आएको छ। कुनै एक दलको यसपटक बहुमत आएको देखिएको छैन तर पनि संसद्मा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल बनेको छ। निर्वाचन अघि भइरहेको अत्यन्त तातो बहस निर्वाचनपछि करीब सेलाएको छ। बहस, छलफल, तर्क–वितर्क पनि लोकतन्त्रमा आवश्यक हुन्छ, तर स्वस्थ र तार्किक बहस हुनुपर्छ।

भारतीय चुनावमा जनताको सहभागिताको विशेष महत्व हुन्छ। ठूला प्रदेशहरू पश्चिम बङ्गाल, बिहार र उत्तर प्रदेश विशेष चर्चामा छन्। देशको राजधानीसमेत रहेको दिल्लीको नतीजा गज्जबको देखियो। प्रदेशसभामा मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)को विशाल बहुमत छ, दुई तिहाईभन्दा बढी नै बहुमत ,छ शायद। तर लोकसभा निर्वाचनमा भने सम्पूर्ण सिट भाजपाले पाएको छ। यो मतदाताको परिपक्वता हो। प्रदेशको नेतृत्व कसलाई र केन्द्रको नेतृत्व कसलाई दिंदा राम्रो हुन्छ भन्ने कुरा मतदाताले विचार गरिरहेका हुन्छन्। मतदाताले आपूmलाई उपयुक्त लागेको पात्र वा दल चयन गर्दछ। कुरो सबैको सुन्ने तर मत आपूmखुशी दिने कुरामा भारतीय मतदाता गम्भीर रहेको देखिन्छ।

निर्वाचनको परिणाम सबैलाई सहज स्वीकार्य हुन्छ। मतदान सम्पन्न भइसकेपछि र निर्वाचनको परिणाम आउनु अघिको अवधिमा राजनैतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी, विश्लेषक तथा पत्रकारहरूले गरेको आपसी बहस पनि कम रोचक हुँदैन। चुनावमा उठाइएका मुद्दा, मतदाताले देखाएको उत्साह तथा सबैको अनुमान गज्जबले सार्वजनिक हुने गरेको छ। भारतमा एक्जिट पोल सार्वजनिक गर्ने चलन पनि रहेको छ। केही मिडियाले आफैंले तथा केही संस्थाहरूले बुथमा मतदान गरेर बाहिर निस्केका मतदातासँग विभिन्न प्रश्न सोधेर मत कसलाई दिएको भनी जान्न चाहन्छन्। यही वा यस्तै अन्य आधारमा निर्वाचन परिणामको पूर्वानुमान लगाइन्छ। तर मतदाता कति परिपक्व भइसकेको छ भने मनको कुरो बताउँदैन ? गोप्य मतदानको गोप्यता तुरुन्त सार्वजनिक गर्न नचाहने इच्छा मतदाताको हुन सक्छ। अनि मतदाताले कूटनैतिक जवाफ दिन सक्छ। यद्यपि अधिकांश दलले अपेक्षा गरेभन्दा केही फरक नतीजा आएको विश्लेषण भइरहेको छ। नतीजा आइसकेपछि सबैले स्वीकार गर्नु भारतीय लोकतन्त्रको विशिष्टता हो।

विश्वको पाँचौं अर्थतन्त्रबाट आगामी पाँच वर्षभित्र तेस्रो अर्थतन्त्र बन्ने दिशातिर अग्रसर मानिएको भारतीय लोकसभा चुनावले यसै कारण पनि विश्व्यापी चर्चा पाउने गरेको छ। भनिन्छ, भारतीय लोकसभा चुनावले विश्वकै लोकतन्त्रको सम्मान बढाउने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here