नारायणी अस्पताल वीरगंजमा यतिखेर कर्मचारी हटाएको विषयलाई लिएर विवाद सिर्जना भएको छ। सरकारले पाँच सय शøयाको अस्पताल घोषणा गरेर सोअनुरूपको भौतिक संरचना निर्माणको प्रक्रिया अगाडि बढाउँदा विवादका कारण पाँच वर्षदेखि सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ। अदालतमा मुद्दा विचाराधीन भएकोले पाँच सय शøयाको अस्पताल निर्माण हुन सकेको छैन। पाँच सय शøयाको अस्पतालका लागि ११९४ जना जनशक्ति आकलन गरिएको छ। तर अस्पतालमा तीन दशक अघिको दरबन्दी अनुसार १९४ जना मात्र कार्यरत छन्। नारायणी अस्पताल देशकै पुरानो अस्पतालमध्ये एक हो। पछिल्लो समयमा यो अस्पतालमा सेवासुविधाहरू वृद्धि भएका छन् तर सो अनुसारको जनशक्तिको अभाव छ। यही कुरालाई दृष्टिगत गरेर अस्पताल विकास समितिले नौ महीना अघि करार, दैनिक ज्यालादारीमा प्राविधिक, प्रशासनिक र सफाइकर्मीहरू बहाल गरेको थियो। अस्पतालबाट प्रवाह हुने डायलाइसिस, मुटु परीक्षणका लागि क्याथ ल्याब, सर्जिकल, मेडिकल, दन्त, आँखा, बाल बहिरङ्ग, बर्न र प्रसूतिलगायतका सेवाहरूका लागि प्राविधिकलगायतका कर्मचारीहरू बहाल गरिएकामा अहिले भर्खरै नियुक्त भएका मेडिकल सुपरिटेन्डेन्टले एकै दिन ४७ जना कर्मचारीलाई हटाएका छन्।

राजनीति हाबी रहेको नारायणी अस्पतालमा सत्ता परिवर्तनसँगै अस्पताल विकास समितिका पदाधिकारी परिवर्तन हुने, मेसु परिवर्तन हुने अनि उनीहरूबाट कर्मचारीहरू हटाउने अनि भर्ना गरिने परम्परा छ। यस अघिका समयमा पनि यही भएको हो। अस्पताल विकास समितिको अध्यक्षमा धीरज गुप्ता र मेसुमा डा चितरञ्जन साह आएपछि उनीहरूले सहकार्यमा चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक र सफाइ कर्मचारी गरी एकैपटक १६१ जनालाई नियुक्त गरे। अस्पतालमा कुन सेवाका लागि कति कर्मचारी आवश्यक छन्, त्यसको लेखाजोखा गरिन्न। राजनीतिक, सामाजिक दबाब अनि आर्थिक प्रलोभनमा कर्मचारीहरू भर्ना गरिने परम्परा रहँदै आएको छ। अस्पताललाई सुविधासम्पन्न बनाएर बिरामीहरूको उपचारमा सघाउने कार्यमा सरकार, अस्पताल विकास समिति, राजनीतिक दलहरू प्रतिबद्ध देखिएकै छैनन्। यस अघिका जसपा नेपालबाट उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव परिवर्तन भएर सोही पार्टीबाट अलग्गिएका सांसद प्रदीप यादव अहिले स्वास्थ्यमन्त्री भएका छन्। उनको आगमनसँगै जेठ १३ गते अस्पतालको मेसु परिवर्तन भएर डा चितरञ्जन साहको ठाउँमा निमित्त मेसुमा डा ऐनामुल हक बहाल भए। उनी आएको एक सातामा पुराना मेसुको पालामा बहाल भएका कर्मचारीहरूमध्ये ४७ जनालाई एकैसाथ हटाइएको छ भने बाँकीलाई पनि क्रमशः हटाइने आशङ्का छ। यसो हुनुको एउटै कारण हो, आफ्नाहरू भर्ना गर्ने।

अस्पतालमा गलत संस्कारको विकास भएकोले अहिले भएको क्रियाकलापलाई धेरैले सामान्यरूपमा लिएका छन्। एक पक्ष आएपछि भर्ना गर्ने र अर्काे पक्ष आएपछि निकाल्ने परम्परा नारायणी अस्पतालमा जारी छ। विकास समिति, मेसुको आयु लम्बिएको खण्डमा बहाल गरिएका कर्मचारीहरू टिकाउ हुने नत्रभने हटनै पर्ने नियम चलिआएको हो। यसमा को दोषी, को निर्दाेष भन्ने देखिन्न। विधिविधान अनुसार कर्मचारी भर्ना गरिएको भए अहिलेको अवस्था सिर्जना हुने नै थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here