नेपाल रेडक्रस सोसाइटी सिम्रौनगढ उपशाखाको सातौं अधिवेशन सम्पन्न भएको छ। सिम्रौनगढ नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिवार सम्पन्न अधिवेशनले प्रदीपकुमार कुशवाहाको अध्यक्षतमा सर्वसम्मतरूपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट उपसभापति निषापति देवी, सचिव कृष्णानन्द गुप्ता, सहसचिव प्रभु गिरी, कोषाध्यक्ष प्रेमचन्द दास, सहकोषाध्यक्ष सन्दीप कुमार र सदस्यहरूमा शम्भु प्रसाद, लालबाबू प्रसाद, अजय कुमार, सन्ध्या देवी, वीरबहादुर कुशवाहा सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत सन्तोष नेपालले बताए। अधिवेशन शम्भुप्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो।