चिरञ्जीवी सापकोटा, ठोरी, १९ जेठ/

ठोरी गाउँपालिका–२ इच्छानगर सुधारिएको बाख्राखोर नमूना गाउँ घोषणा गरिएको छ। शुक्रवार गापाध्यक्ष लालबहादुर श्रेष्ठले इच्छानगरलाई सुधारिएको बाख्राखोर नमूना गाउँ घोषणा गरेका थिए।

निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिले आयोजना गरेको सुधारिएको बाख्राखोर नमूना गाउँ घोषणा कार्यक्रममा गापाध्यक्ष श्रेष्ठले इच्छानगरलाई सुधारिएको बाख्राखोर नमूना गाउँ घोषणा गरेको निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए।

अध्यक्ष श्रेष्ठले कृषिको माध्यमबाट आयआर्जन गरी सामाजिक तथा आर्थिक रूपान्तरण गर्न सकिने बताए। उनले कृषि समूह गठन गरी आआफ्नो समूहको योजना लिएर पालिकामा आए पालिकाले सक्दो सहयोग गर्ने बताए।

कार्यक्रममा वडाध्यक्ष अमृतकृष्ण सापकोटाले नमूना गाउँ घोषणा गरेर मात्र नहुने भन्दै कृषकलाई टेवा पुग्ने विभिन्न कार्यक्रम लागू गर्दै निरन्तरता दिन सुझाए।

 निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले  वन्यजन्तुबाट अतिप्रभावित इच्छानगरलाई आफूले विशेष प्राथमिकतामा राखी काम गरिरहेको बताए। उनले आगामी दिनमा अझ प्राथमिकतामा राखी कार्य गर्ने बताए।

 तराई भूपरिधि कार्यक्रम कोहलपुर, बाँकेको सहयोगमा विगत केही वर्षदेखि इच्छानगरमा सुधारिएको बाख्रा खोर निर्माण कार्य हुँदै आएको र अहिले ८२ प्रतिशतभन्दा बढी घरमा सुधारिएको बाख्राखोर निर्माण कार्य सकिएको हुँदा इच्छानगरलाई सुधारिएको बाख्राखोर नमूना गाउँ घोषणा गरिएको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here