दिनेशकुमार मिश्र, वीरगंज, १७ जेठ/

पोखरिया नगरपालिकाले दृष्टिविहीनलाई पङ्खा र खाद्यान्न सामग्री सहयोग गरेको छ। वीरगंज महानगरपालिका–१५ नेशनल मेडिकल कलेज चोकमा दृष्टिविहीन, अपाङ्गहरूको लागि सञ्चालित तालीम कक्षमा पङ्खा नभएकोले पोखरिया नपाले पङ्खासहित उनीहरूको खाजाका लागि फलफूल सहयोग गरेको थियो।

नगरप्रमुख प्रद्युम्न चौहानले तालीम कक्षमा पङ्खा अभाव भएको थाहा पाएपछि सहयोग गरेको बताए। उनले दृष्टिविहीन र अपाङ्गता भएकाहरूको लागि आयोजित तालीममा अन्य पालिकाहरूलाई पनि सहयोग गर्न आह्वान गरे।

कार्यक्रममा पोखरिया नगरपालिकाका योजना प्रमुख सञ्जय पाण्डे, सन्दीप साह, सुजित गिरी, रामदेव महासेठलगायतको सहभागिता थियो।

सो तलीम कक्षमा लघु घरेलू तथा साना उद्योग प्रवद्र्धन केन्द्र, काठमाडौं तथा समृद्ध समाजका लागि युवा सशक्तीकरण वीरगंजको आयोजनामा यही जेठ ९ देखि असार ११ गतेसम्म एक महीने कम्प्युटर तालीम सञ्चालनमा छ। दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित कम्प्युटर तालीममा उपकार नेपाल, सानो पाइला, हिन्दू परिषद् नेपाल, नेपाल तरकारी तथा फलफूल चोक व्यवसायी सङ्घ, नमस्ते नेपाल इन्टरटेन्मेन्ट, राष्ट्रसेविका नेपालले पनि यसअघि सहयोग गरेका थिए। तालीममा २१ जना पुरुष र नौजना महिला सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here