प्रस, वीरगंज, १५ जेठ/

१७औं गणतन्त्र दिवसको अवसरमा मङ्गलवार वीरगंज महानगरपालिका–१४ चिनीमिलस्थित पशुपति मन्दिरमा वृक्षारोपण गरिएको छ।

नगरप्रमुख राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, प्रहरी उपरीक्ष्Fक कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्ष्Fक राधेश्याम धिताल, डिभिजन वन कार्यालय, पर्साका प्रमुख सुभाषचन्द्र दासलगायत विभिन्न सङ्घसंस्थाका व्यक्तिहरू सम्मिलित भएर वृक्षारोपण गरेका थिए।

डिभिजन वन कार्यालय, पर्साले उपलब्ध गराएका पारिजात, मयुरपङ्खी र रुद्राक्षका ९५ वटा बिरुवा रोपिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए। कार्यक्रममा सशस्त्र, जनपद र नेपाली सेनाका जवानहरूले मन्दिर परिसरका सरसफाइ गरेका थिए।

यसैगरी, प्रसौनी गाउँपालिकाको आयोजनामा वृक्षारोपण कार्यक्रम भएको छ। गापाको कार्यालय परिसरमा भएको वृक्षारोपण कार्यक्रममा गापा अध्यक्ष विनोद जयसवाल, जिल्ला समन्वय समिति, बाराका संयोजक नरेन्द्र साह, उपसंयोजक चन्द्रिका उप्रेती, उपाध्यक्ष किरणदेवी साह, वडाध्यक्ष्Fहरू लालबाबू मुखिया, ह्दयी साह, छोटेलाल साह, याकुब अन्सारीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here