सुग्रीव साह, भिस्वा, १५ जेठ/

छिपहरमाई गाउँपालिका–५ भिस्वामा गएराति लाखौं मूल्यको चोरी भएको छ। स्थानीय सुरेन्द्रप्रसाद जयसवालको किराना थोक पसलबाट  नगद र जिन्सी चोरी भएको हो।

जयसवालको घरको पहिलो तलाको भेन्टिलेशनबाट चोर घरभित्र प्रवेश गरी भुइँतलामा रहेको थोक पसलको दराजमा रहेको नगद चार लाख र करीब १५ तोला सुन चोरी गरेको बताइएको छ। पसलको दराजमा राखिएको नगद र सुन चोरले चोरी गरेको तर किराना सामान भने चोरी नगरेको जयसवालले बताए। चोरले पसल र घरमा जडान गरिएको सिसिटिभी क्यामरा नष्ट गरेर चोरी गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here