पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले तीन/चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन्। नगरपालिकामा दरबन्दीका ३०, करारका १२३ र दैनिक ज्यालादारीका ६० जनाभन्दा बढी कर्मचारी छन्।
दरबन्दीका कर्मचारीहरूले तीन महीनादेखि र करार तथा दैनिक ज्यालादारीका कर्मचारीले चार महीनादेखि तलब पाएका छैनन्। प्रशासन शाखा प्रमुख सञ्जय पाण्डेले तलब निकासा नभएको कारण तलब दिन ढिला भएको बताए।
उनले अहिले तलब निकासा भइसकेको छ र एक/दुई दिनमा नै वितरण हुने बताए। कोलेनिका, पर्साले भने पोखरिया नपाको लागि वैशाखको पहिलो हप्तामैं चालू र पूँजीगत खर्चबापतको बजेट विनियोजन गरी पठाएको जनाएको छ।