प्रस, निजगढ, ११ जेठ/

निजगढ नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ। नगरप्रमुुख सुुरथ पुरीले सो सेवा केन्द्रको उद्घाटन गर्दै आयुुर्वेद चिकित्सा पद्धति वर्तमानमा अपरिहार्य रहेको बताए। उनले पूर्वीय धर्मग्रन्थका अनुसार पनि यो पद्धति स्वास्थ्यवद्र्धक रहेको बताउँदै आयुर्वेदिक उपचार पद्धतिमा प्राकृतिक जडीबुटीहरूको प्रयोग हुुने बताए। वनजङ्गल, खेतबारी, तराई–मधेस, पहाड, हिमालका कुुनाकन्दरामा पाइने गुुणकारी जडीबुटीहरूबाट औषधि तयार गरी कम खर्चमा नागरिकहरूलाई स्वस्थ बनाउने सरकारको उद्देश्य रहेको उनले बताए। यस उपचार पद्धतिमा योग, ध्यान, व्यायामलगायतका प्राकृतिक विधि, प्रक्रियाहरूको समेत प्रयोग हुुने हँुुदा सरकारले यसलाई प्राथमिकतामा राख्दै  स्थानीय तहहरूमा पनि सेवा विस्तार गर्दै लगेको बताए। उनले आफ्नो नपामा पनि यो सेवा विस्तार गरिने बताए।

कार्यक्रममा कविराज सहदेव पण्डितले हाम्रा पुर्खाहरूले अस्पताल नहुुँदाका बखत यही आयुुर्वेद चिकित्सा पद्धतिलाई अँगालेको बताउँदै त्यस बेला उनीहरूको बाँच्ने आयुु पनि धेरै हुुने गरेको दाबी गरे। अहिले विज्ञान प्रविधिको प्रयोग गर्दै रसायनहरूको मिश्रणबाट उत्पादन गरिने एलोपेथिक औषधि उपचारमा आकर्षण बढेको र यसको सेवनबाट ‘साइड इफेक्ट’को रूपमा विभिन्न खाले नयाँ–नयाँ रोगहरू देखा परिरहेको बताए। उनले प्राकृतिक चिकित्सा पद्धति निकै गुणकारी हुुने भएकोले सबैलाई यो पद्धति अपनाउन आग्रह गरे।

कार्यक्रमकी अध्यक्ष डा पुनीता केशरीले कोभिड–१९ मा अन्य विकसित मुलुकहरूको तुलनामा नेपाल, भारतलगायतका आयुर्वेद चिकित्सा पद्धति अँगालेका मुुलुुकहरूमा मानिसहरूको मृत्युु  कम भएको  तथ्याङ्कले देखाएको बताइन्। उनले प्राकृतिक चिकित्सा पद्धतिलाई प्रत्येक घरमा प्रयोग गरिएको खण्डमा त्यसको  प्रतिफल राम्रो देखिने बताइन्।

कार्यक्रममा उपप्रमुख सोममाया थिङ, डा मुन्ना कुमारलगायतले आयुर्वेदिक चिकित्सा पद्धतिका बारेमा प्रकाश पारेका थिए। कार्यक्रम प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, कलैयाको आयोजनामा भएको थियो भने सहजीकरण अजय उप्रेतीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here