प्रस, परवानीपुर, ९ जेठ/

कलैया उपमहानगरपालिका–१८ मोतिसर (मनगढवा)मा संस्कृति भाषालाई प्राथमिकतामा राखेर वैदिक शिक्षा हासिल गर्न विद्यालय स्थापना गर्ने योजना अघि बढेको छ । सो वडाको करीब एक बिघा ऐलानी जग्गामा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ । विद्यालयको पर्खाल निर्माण कार्यको बुधवार शिलान्यास कार्यक्रम सम्पन्न भयो । कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह र वडाध्यक्ष ध्रुवप्रसाद राउतले संयुक्तरूपमा शिलान्यास गर्दै गुरुकुल विद्यालय स्थापना कार्य अघि बढेको हो ।

गुरुकुलम ट्रस्टले कलैयामा संस्कृति भाषामा पढाइ हुने विद्यालय स्थापना गर्ने उद्देश्यका साथ उपमहानगरपालिकालाई २० लाख रकम सहयोग गरेको छ । आगामी दिनमा करीब तीन करोड रकम खर्च गरी सुविधासम्पन्न विद्यालय बनाइ मध्य तराईका जिल्लामा वैदिक शिक्षा हासिल गर्न विद्यालय स्थापना गर्ने लक्ष्य रहेको छ ।

विद्यालयमा संस्कृति भाषासहितको पाठ्यक्रमका साथै आधुनिक धारको शिक्षा अन्तर्गत नेपाली र अङ्ग्रेजी माध्यमबाट पनि पठनपाठन गरी नमूना विद्यालय स्थापना गर्ने कलैया उपमहानगरपालिकाको लक्ष्य छ । गुरुकुलम ट्रस्टका अध्यक्ष राष्ट्रियसभाका पूर्वसदस्य रमेशप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले बारा अध्यक्ष अध्यानन्द पाण्डे, वडा सदस्यद्वय दीपेन्द्र मण्डल, ललिता देवीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here