काठमाडौं, ८ जेठ/रासस

बक्सिड्ढो दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि बुधवार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ।

यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुष ५१ किलोमा चन्द्रबहादुर थापा र ६३ दशमलव पाँच किलोमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी, महिला ५४ किलोमा अञ्जनी तेलीले खेल्नेछिन्। प्रशिक्षकमा प्रकाश थापामगर छन्।

नेपाली टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज आयोजित कार्यक्रममा सफलताको शुभकामना दिंदै टोलीलाई बिदाइ गरे। सदस्यसचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here