सिम्रौनगढ नगरपालिकामा पोलियो रोगविरुद्धको आइपिभी अभियानसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका सम्पूर्ण वडामा जेठ १३ गतेदेखि बालबालिकाहरूलाई लक्षित गरी आइपिभी खोप अभियान सञ्चालन गर्नेबारे छलफल भएको थियो।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप दिइने कार्यक्रममा जानकारी गराइएको थियो।
प्रमुख प्रसाशकीय अधिकृत जयनरायणप्रसाद यादवको अध्यक्षता भएको कार्यक्रममा सहजीकरण नगरपालिका स्वास्थ्य संयोजक विजयशङ्कर ठाकुरले गरेका थिए। छलफल कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कर्मचारीहरूको सहभागिता थियो।