कास्की, ५ जेठ/रासस
पोखरामा शनिवार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन्।
साइक्लिड्ढो माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकूद विकास समितिले राष्ट्रिय साइकल दौड प्रतियोगिता आयोजना गरेको हो। पोखरा–१७ र २१ भित्र तय गरिएको रूटमा च्यापिम्पयन बनेका दुवैजनाले जनही रु ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।
प्रकाशले निर्धारित २८ किमी दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भएका थिए।
महिलातर्फ हुमी बुढामगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए। हुमीले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र इन्द्रकुमारीले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गरेका थिए। प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला रपुरुष खेलाडीले क्रमशः रु ३०/३० हजार र रु २०/२० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने। उनीहरूले जनही रु १०/१० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाए।
पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर एक सयजनाभन्दा बढी खेलाडी सहभागी थिए। पोखरा–१७ पावरहाउसबाट शुरू भएको साइकल दौड महतगौंडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्सयाङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो।