कुवेत सिटी, ३० वैशाख/एएफपी
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतवार गाजामा इजरायल–हमास युद्ध, बन्धकहरूको फिर्ता र घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायतामा ‘वृद्धि’ तुरुन्त रोक्न आग्रह गरेका छन् ।
“तुरुन्त मानवीय युद्धविरामका लागि म विश्वको आह्वानलाई दोहो¥याउँछु, सबै बन्धकको विनाशर्त रिहाइ र मानवीय सहायतामा वृद्धि होस्,” कुवेतमा अन्तर्राष्ट्रिय दाता सम्मेलनलाई गरेको भिडियो सम्बोधनमा उनले भने, “तर युद्धविराम सुरुआत मात्र हुनेछ, यो युद्धको विनाश र आघातबाट फर्किन धेरै समय लाग्नेछ ।”
गाजामा इजरायली आक्रमण आइतवार पनि जारी रहेको छ । शहरको पूर्वी क्षेत्रहरूमा सैन्य घूसपैठका बारेमा अन्तर्राष्ट्रिय आलोचनाका बावजूद इजरायलले रफाहका लागि निकासी आदेश विस्तार गरेपछि प्रभावकारीरूपमा मुख्य सहायता क्रसिङ बन्द भएको छ ।
“गाजामा युद्ध भयानक मानवीय पीडाको कारण बन्दै गएको छ भने जीवनलाई तहसनहस बनाएको छ । त्यस्तै, पारिवारिक विखण्डनलाई बढाएको छ । युद्धले ठूलो सङ्ख्यामा मानिसहरूलाई घरवारविहीन, भोक र आघातमा पारेको छ,” महासचिव गुटेरेसले भने ।
कुवेतमा अन्तर्राष्ट्रिय इस्लामिक परोपकारी संस्था (आइको) र राष्ट्रसङ्घको मानवीय समन्वय संस्थाले आयोजना गरेको सम्मेलनको उद्घाटन समारोहमा उनको उक्त टिप्पणी आएको हो ।
शुक्रवार गाजाको रफाहमा इजरायली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका थिए ।
इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व हमलापछि गाजाको सबैभन्दा रक्तपातपूर्ण युद्ध शुरू भयो । हमासको आक्रमणमा एक हजार १७० भन्दा बढी मानिसको मृत्यु भएको इजरायली आधिकारिक तथ्याङ्कले बताएको छ ।
हमासलाई समाप्त पार्ने वाचा गर्दै इजरायलले जवाफी आक्रमण शुरू गर्दा गाजामा ३४ हजार ९७१ भन्दा बढीको मृत्यु भएको छ । यसमा अधिकांश महिला र बालबालिका रहेका हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस