प्रस, निजगढ, २९, वैशाख/
‘चुरे तथा वनजङ्गल जोगाउ देश र मधेसलाई मरुभूमि हुनबाट बचाऊ’ नारासहित यही वैशाख १६ गते मधेस प्रदेशको सप्तरीको भारदहबाट सङ्घीय राजधानी काठमाडौंको लागि पैदल हिडेको शान्ति ¥याली १३औं दिनमा शनिवार बेलुुकी बाराको निजगढ आइपुगेको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुुँदै ४५ जनाभन्दा बढी अभियन्ताहरूको समूहले सरकार पानी देऊ, चुुरेलाई अतिक्रमण मुुक्त गर, वनलाई डढेलोमुक्त बनाउ, नदीजन्य पदार्थको जथाभावी उत्खनन बन्द गरलगायतका नाराहरू घन्क्याउँदै निजगढ आइपुगेको हो । प्राकृतिक स्रोत, साधन, सम्पदाको संरक्षण गर्नुुपर्ने उद्देश्यसहित बाल्टिन बोकी तीन तहकै स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
चुुरे तथा वनजङ्गल संरक्षण, संवद्र्धनका साथै दलित, भूूमिहीन सुकुुमबासीहरूको भूमि अधिकार अविलम्ब सुुनिश्चित हुुनुुपर्ने भन्दै अक्सिजन र पानी जीवन र जगत्का लागि अपरिहार्य तŒव भएकाले यसको बेलैमा संरक्षण गर्न नसके मानवजगत्मा गम्भीर असर पर्ने चुुरे तथा वनजङ्गल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनील यादवले सचेत गराए ।
उनले तीन तहकै सरकारको संरक्षणमा ठेकेदारको नाममा खोलाबाट नदीजन्य पदार्थ जथाभावी उत्खनन गर्ने कार्य गरिरहेको आरोप लगाए । उनले तीनै तहका सरकार गैरजिम्मेवार देखिएपछि सङ्घीय राजधानी काठमाडौं पुुगी कडा आन्दोलन गर्ने अभियानका साथ पैदल यात्रा गरिएको बताए ।