दमक (झापा), २९ वैशाख/रासस

झापाको शिवसताक्षी नगरपालिकाका दुई खेलाडी अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने यू–१३ फूटबलका लागि छनोट भएका छन् । छनोट हुनेमा शिवसताक्षी–७ का आयुश भट्टराई र शिवसताक्षी–१० का रूप्लीहाङ लिङ्देन रहेका छन् ।

शिवसताक्षी नगर खेलकूद विकास समितिका अध्यक्ष सुरज रिगालुड्ढा अनुसार शिवसताक्षी नगरबाट पाँच खेलाडी जिल्ला, प्रदेश हुँदै छनोट भएका हुन् । उनीहरूलाई एन्फा एकेडेमीमा फूटबल प्रशिक्षणसहित पढ्ने व्यवस्था गरिएको छ ।

एन्फाले ग्रामीण र स्थानीयस्तरबाट खेलाडी पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनोट प्रतियोगितामार्फत खेलाडी छान्दै आएको छ ।

छनोट प्रतियोगितामा शिवसताक्षीका ६२ युवा खेलाडी सहभागी भएका थिए । “१२ खेलाडी जिल्लाका लागि छनोट भएकामा पछि जिल्लाबाट प्रदेशमा छजना छनोट भएका थिए, अन्तिममा दुईजना खेलाडी छनोट हुन सफल भएका छन्,” शिवसताक्षी नगर खेलकूद विकास समितिका अध्यक्ष रिगालुङ्गले भने ।

राष्ट्रिय फूटबल टोलीबाट खेलेका अनन्त तामाङ, सन्दीप राई, सन्तोष नेपाली, ईश्वर कार्कीलगायतले खेलिसकेका छन्  उनीहरू शिवसताक्षी नगरपालिकाका बासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here