प्रस, वीरगंज, २८ वैशाख/

पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु ३.१०५ करोड आर्थिक सहयोगमा बैतडी जिल्लाको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालयको भवनको शुक्रवार संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।

नगरप्रमुख रावलले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने बताए ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षकशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here