किभ, २७ वैशाख/एएफपी
युक्रेनले बिहीवार दक्षिणी शहर निकोपोलमा रूसी गोलाबारीमा दुईजनाको मृत्यु भएको जनाएको छ तर बिहीवार राति रूसले प्रहार गरेका २० वटा ड्रोनमध्ये अधिकांश नष्ट गरेको बताएको छ ।
सन् २०२२ को अन्त्यदेखि फ्रन्टलाइनमा परिणत भएको डेनिप्रो नदी पार गरेर तैनाथ रूसी सेनाबाट निकोपोल नियमितरूपमा आक्रमणको शिकार भएको थियो ।
रूसले प्रहार गरेको क्षेप्यास्त्रबाट ६२ वर्षीय पुरुष र ६५ वर्षीया महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताए ।
उनले आगो लागेको घर र धेरै क्षतिग्रस्त भवनको तस्वीर प्रकाशित गरेका छन् ।
बिहीवार राति नै रूसले प्रहार गरेका २० वटा ड्रोनमध्ये युक्रेनको वायु रक्षा बलले दक्षिणी ओडेसा क्षेत्रमा १७ वटा नष्ट गरेको थियो ।
एउटा ड्रोनले दक्षिणी माइकोलाइभ क्षेत्रको दुई तले भवनलाई क्षतिग्रस्त बनाएको आपत्कालीन सेवाले टेलिग्राममा लेखेको छ, तर त्यहाँ कुनै हताहत भएको रेकर्ड गरिएको छैन । रासस