प्रस, वीरगंज, २४ वैशाख/
पोलियोविरुद्धको खोप सञ्चालनको लागि सोमवारदेखि वीरगंजमा स्वास्थ्य कार्यालयले पाँच दिने अभिमुखीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
वीरगंज हेल्थकेयरमा सोमवारदेखि सञ्चालित पाँच दिने अभिमुखीकरण कार्यक्रममा १४ वटा पालिकाका स्वास्थ्य प्रमुख र ११२ वटा स्वास्थ्य संस्थाका प्रमुख सहभागी छन् । उनीहरूलाई पाँच समूहमा विभाजित गरेर पाँच दिनसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले बताए ।
सहभागीहरूलाई खोप अधिकृत जयमोद ठाकुरले पाँच दिनसम्म पोलियोविरुद्धको खोपबारे प्रशिक्ष्Fण दिने उनले बताए ।