नितेश कर्ण, वीरगंज, २४ वैशाख/
हरिवन नगरपालिका–११ हरिवन बजार र वडा नं ९ नयाँरोडमा सञ्चालित तीनवटा औषधिपसल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ ।
औषधि व्यवस्था विभाग, वीरगंजका प्रतिनिधि र इलाका प्रहरी कार्यालय, हरिवनबाट खटेको संयुक्त टोलीले न्यू कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर्मा र नयाँरोड सिटी हेल्थकेयर हस्पिटल प्रालिको अनुगमन गर्ने क्रममा म्याद नाघेका र निषेधित औषधि बिक्री गरेको पाइएपछि सिल गरिएको हो ।