प्रस, पोखरिया, १८ वैशाख/
पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरमा बजार निर्माणको लागि मङ्गलवार शिलान्यास भएको छ ।
लामो समयदेखि रङ्गपुरमा साताको दुई दिन सोमवार र शुक्रवार हाटबजार लाग्दै आएको तर व्यवस्थित बजार नभएको कारण गापाले सो स्थानमा व्यवस्थित बजार निर्माण गर्न लागेको हो ।
गापा अध्यक्ष दिनेश चौधरीले धार्मिक पर्यटनको प्रमुख गन्तव्य भुमरीमाई धार्मिक वन क्षेत्रनजीक रहेको रङ्गपुर बजारलाई व्यवस्थित गर्न लागिएको बताए । उनले रु एक करोड १० लाखको लागतमा बजारमा सेड निर्माण गर्न लागेको र यो आगामी असार मसान्तसम्म सकिने बताए ।
उनले चार कट्ठा जग्गा खरीद गरेको र गापाको लगानीमा बजार निर्माण गर्न लागेको जानकारी गराए । गापा अध्यक्ष चौधरी र उपाध्यक्ष ममता महतोले आज संयुक्तरूपमा धार्मिक अनुष्ठानका साथ बजार निर्माणको शिलान्यास गरेका थिए ।