प्रस, निजगढ, १७ वैशाख/
बाराको करैयामाई गाउँपालिका वडा नं ७ पिपरामा आइतवार छापामारी गर्दा गोलिया र चिरान काठ बरामद भएको छ । डिभिजन वन कार्यालय, बारा मातहतका मधुुवन सबडिभिजन वन कार्यालय र तामागढी सबडिभिजन वन कार्यालय कोल्हवी, जनपद र सशस्त्र प्रहरीको संयुुक्त टोलीले छापामारी गरेको थियो ।

सो छापामारीबाट घर, खेतबारी, आँगनमा लुुकाइछिपाइ राखेका सालको चार थान, टीकको दुई थान, सिसौंको चार थान गोलिया, सालको चिरान काठ सात थान गरी ६९.६८ क्यूूफिट काठ बरामद गरिएको डिवका, बाराले जनाएको छ । सो काठ हालको बजार मूूल्य तीन लाखभन्दा बढी रहेको वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय वन क्षेत्र र तामागढी साझेदारी वन क्षेत्रबाट चोरी तस्करी गरी गाउँबस्तीमा लुुकाइछिपाइ राखेको र काठ चिरान गरिएको अवस्थामा फेला परेको डिवका, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुुर्मीले जानकारी दिए । अवैधरूपमा गोलिया, काठ राख्ने व्यक्तिहरूको पहिचान गरी वन ऐन अनुुसार कानूुनी कारबाई अघि बढाइने उनले जानकारी दिए । केही समययता रोकिएको काठ चोरी तस्करी बढ्न थालेसँगै डिवका, बाराले मातहतका निकायलाई छापामारी गर्न र वन क्षेत्रको सुुरक्षामा सक्रियता बढाउन निर्देशन दिएको डिभिजनल वन अधिकृत विनोद सिंहले जानकारी दिए । घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको उनले बताए । विगतमा जङ्गलभित्रै चार पाङ्ग्रे सवारीसाधनको प्रयोगबाट हुुने गरेको गोलिया चोरी तस्करी अहिले साइकल, मोटरसाइकलको प्रयोग गरी भइरहेको घटनाले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here