बलिराम शुक्ला, बिरुवागुठी, २६ चैत/
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा सोमवार प्रारम्भिक बाल विकास तथा शिक्षाको सबलीकरणसम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र प्रारम्भिक बाल विकास शाखा सानोठिमी भक्तपुरको आयोजनामा भएको अन्तत्र्रिmया कार्यक्रममा प्रारम्भिक बालविकासको लागि गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको उमेर अनुसार क्रमिकरूपमा शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक तथा सामाजिक विकास हुने बताइएको छ ।
साथै प्रारम्भिक बाल शिक्षा, स्वास्थ्य र पोषण, प्रेरणा र हेरचाह तथा सुरक्षा र संरक्षणमा ध्यान दिए आजका बालबालिका भोलिका कर्णधार बन्ने बताइएको थियो ।
अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका उप महानिर्देशक वसन्तप्रसाद कोइराला, निर्देशिका शोभाकुमारी अधिकारी, शिक्षा तथा मानव स्रोत विकास केन्द्र प्रारम्भिक बालविकास शाखा अधिकृत धनसूदन चौलागाईंले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्रालयका प्रतिनिधि, शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि, विभिन्न पालिकाका शिक्षा शाखा अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।