प्रस, रौतहट, २६ चैत/
वृन्दावन नगरपालिकाको विश्रामपुर टोलमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नं १ विश्रामपुरस्थित पोखरीमा सोमवार दिउँसो २ बजे नुहाउन गएकी १३ वर्षीया निरञ्जनकरमारी बैठाको डुबेर मृत्यु भएको हो ।
सुरक्षा बेस क्याम्प सन्तपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक यमबहादुर वलीको कमान्डमा खटिएको टोलीले अन्दाजी छ फिट गहिरो पानीमा खोजतलाश गर्दा दिउँसो २ः५५ बजेको समयमा बालिकाको मृत शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले जनाएको छ । बालिकाको शव शल्यपरीक्षणको लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको छ ।