• सञ्जय साह मित्र
उपभोग र उपभोक्ता दुवैको दायरा निकै विशाल छ । हामी सबै ठाउँमा उपभोक्ता नै छौं । कतिपय ठाउँमा हामीले आपूmलाई उपभोक्ता मानेको छौं र कतिपय ठाउँमा आपूm उपभोक्ता हौं भनेर अस्वीकार गरेका छौं । उदारहणको लागि सडकको किनारमा हिंड्ने पनि सडकका उपभोक्ता हुन् र उनले लिने जुन सास छ, त्यस हावाको उपभोक्ता पनि त सडक किनारका यात्री नै हुन् १ हामी आपूmलाई सडकको उपभोक्ता त सजिलै स्वीकार गर्दछौं तर सडकको किनारभन्दा थोरै माथि हुने वायुमण्डलको उपभोक्ता पनि हौं भनेर विचार गर्दैनौं भने उपभोगको दायरा विशाल तर उपभोक्ताको दायरा सीमित हुन पुगेको देखिएन र ? सडकमा हिंड्नु र सास फेर्नु दुवै हाम्रा आधारभूत उपभोग हुन् । यद्यपि हामी पटके उपभोगप्रति त सचेत हुन खोज्छौं तर नियमित उपभोगप्रति खासै सचेत हुँदैनौं । सामान्य उपभोगको अज्ञानताबारे भोगेको एउटा दृष्टान्त हेरौं ।
एउटा औषधि पसलमा पुगेर मैले एउटा औषधि मागें । औषधिको नाम पूरा भन्न नपाउँदै अर्का एकजनाले पनि त्यही औषधि मागे । मलाई जिस्क्याएका थिएनन्, मागेकै रहेछन् । एकैचोटि दुई बोतल ल्याएर एकएक ओटा अलगअलग प्लास्टिकको झोलामा राखेर दिए पसलेले । त्यहाँ अरू ग्राहक थिएन । मभन्दा अलिक हतारमा थिए अर्का ग्राहक । दुवैजनाले एकैचोटि पैसा दिन खोज्यौं र पसलेले लिए पनि तर फिर्ता दिने बेलामा पहिले अर्कालाई दिए जो मभन्दा केही सेकेन्ड भए पनि पसलमा ढिलो आएका थिए र मैले बोल्नुभन्दा अत्यन्त अल्प सेकेन्ड भए पनि ढिलो बोलेका थिए । उनलाई दिएको फिर्ता मैले राम्ररी मिलाएको देखें । उनले र मैले संयोगले एकै किसिमको नोट दिएका थियौं ।
पैसा फिर्ता दिने बेला उनीभन्दा बढी मेरो हातमा आयो । मैले अलिकति अलमलिएर सोधें – फिर्ता रकम बढी दिनुभयो नि ? पसलेको स्पष्ट जवाफ आयो – एउटै औषधि ऊसँग इन्डियन भनेर दाम लिएँ र तपाईंसँग नेपालीको दाम लिएको हुँ । उनलाई नेपाली औषधि मनै पर्दैन र इन्डियन भनेर नेपाली नै दिए पनि उनी बुझ्दैनन् । पढेका भए पनि बेपारी हुन् र कहिल्यै पनि बोतलको कार्टुनमा कहाँ बनेको हो तथा कति मूल्य हो भनेर हेर्दैनन् । अनि तपाईंलाई त ठग्न मिल्दैन । पसलेको इमानदार अभिव्यक्तिमा बेइमानीको गन्ध मिसिएको थियो ।
हामी उपभोक्ता सचेत नहुँदा वा अन्धविश्वासले गर्दा पनि ठगिने रहेछौं । ठगिएर पनि रमाएको आत्मरति प्राप्त गर्ने रहेछौं । यसो क्यालकुलेटरमा हिसाब गरेको जस्तो गर्ने र केही रुपियाँ छुट गरेको जस्तो पनि गर्ने तर वास्तवमा छुटको नाममा लुट पनि हुँदोरहेछ । लुटिएको पनि हुँदा रहेछौं । आफैं लुटिएकोमा खुशी हुने पनि रहेछौं । नेपाली औषधिको मूल्यलाई भारतीय मुद्राको सटहीको दरमा जोडेर यति रुपियाँ भयो, तपाईं पाँच रुपियाँ कमै दिनुहोस् भनेर माग्दा पाँच रुपियाँ कम मागेकोमा आप्mनो सम्मान बढेको पनि मान्दा रहेछौं हामी उपभोक्ता ।
उपभोगको व्यापक क्षेत्रमा हामी कसरी ठगिएका सक्छौं त ! उपभोगको क्षेत्रमा बरु कहाँ नठगिएका हौंला ? यो प्रश्न पनि विचारणीय देखिन्छ हाम्रो सन्दर्भमा । ठग्न हुनेले ठगेका हुन् कि ठग्न नहुनेले पनि ठगेका हुन् । एकजना भन्दै थिए – म आप्mनो बुबाआमाबाट ठगिएको छु भन्न पनि सक्दिनँ । मेरो नाउँमा पास गरेको जमीन र भाइको नाममा पास गरेको जमीनको मूल्यमा आकाश जमीनको फरक छ ।
म चाहिं खेततिरबाट लिनेमा परें तर भाइ चाहिं सडकतिरबाट लिनेमा प¥यो । मैले त घरबाटै ठगिन सिकेको छु भने अन्य ठाउँबाट ठगिन कुन ठूलो कुरा १ ठगिएको थाहा पाए पनि जानीजानी ठगिन अब मलाई आनन्द आउन थालेको छ । ठगीमा पर्दापर्दा मैले गुनासो गर्न छाठिसकेको छुँ । नठगिएको ठाउँमा बरू म प्रशंसा गर्दछु कि तपाई धन्यवादको पात्र हुनुहुन्छ, मलाई सोझो ठानेर ठग्ने प्रयास गर्नुभएन ।
उपभोग गर्ने सवालमा आप्mनै बारीको उत्पादनमा पनि ठगिएका हुन सक्छौं । आप्mनै बारीमा आफैंले तरकारी उब्जाउँदा सबैभन्दा राम्रो आपूmले खाएको हो वा अलिक बिग्रिएको र रोग–कीराले खाएको ? यदि आपूmले गरेको उत्पादन स्वास्थ्यको अनुकूल छ भने त जति खाँदा पनि भयो तर यदि पर्याप्त मात्रामा रासायनिक मल–खाद र औषधिहरू हालेर अनि खिरिलो उत्पादन जति आपूmले खाने हो भने आप्mनो स्वास्थ्यसित खेलवाड गरेका हौं । यस्तो अवस्थामा आफैं उत्पादक र आफैं उपभोगकर्ता भएर पनि उपभोगमा ठगिएका हुन्छौं र बजारमा बेच्दा, सस्तो–महँगो आप्mनो ठाउँमा छ, स्वास्थ्यको दृष्टिकोणले उपभोक्तामाथि अन्याय भइरहेको छ ।
हामीले जानी नजानी यस प्रकारको अन्याय गरिरहेका छौं वा बजारबाट तरकारी किनेर अन्यायमा परिरहेका छौं । उपभोक्ता नै सचेत हुनुपर्ने हो तर हुन नसक्दा बजारमा पाइने तरकारीमा विषादि हालेको र त्यसले स्वास्थ्यमा पार्ने असरबारे कुनै जानकारी हुँदैन ।
हामीले लाउने कपडाको गुणस्तर र मूल्यबीच कति अन्तर हुन्छ ? कपडा स्वास्थ्य अनुकूल कति छ र त्यसको मूल्यको अवस्था कस्तो छ भन्ने विषयमा उपभोक्ताले कहिल्यै थाहा पाउँदैनन् । अनि कपडाको पसलमा उपभोक्ताको अनुहारको अवस्था हेरेर पसलेले कपडाको मूल्य यत्ति भनेर सुनाउँछ । उपभोक्ताले भने केही कम गराएर मन लागेको कपडा खरीद गर्छ । कपडा पसलमा उपभोक्ताले पहिले नै जान्न पाउनेगरी मूल्य निर्धारण गरिएको हुन्न । रेडिमेड पसलको पनि अवस्था यस्तै हो । अहिले आएर केही पसलमा तयारी पोशाक वा अन्य सामान्य कपडाको मूल्य राखिएको हुन्छ ।
उपभोक्ताले कपडा हेर्ने र मूल्य हेरेर आपूmलाई सन्तुलनमा ल्याउन खोज्छन् । तर पनि त्यसमा कति नाफा हुन्छ वा उपभोक्ताले कतिको ठगिनुपरेको छ भन्ने कुरो नाप्ने कुनै संयन्त्र देखिंदैन । उपभोक्ताले चित्त बुझे कपडा लिने वा नलिनेबाहेक सन्तुष्टिको कुनै विकल्प हुँदैन ।
उपभोक्ताको बजार कति छ ? यदि बजारमा निस्क्यौं भने उद्योगबाट उत्पादित कुनै पनि वस्तुको मूल्य र उत्पादन तिथि हेर्न थाल्दा पसलेले रामो मानेको पाइँदैन । अझ कुनै पसलमा गएर सामान किन्दा हरेक समयमा मूल्य र उत्पादन तथा उपभोगको मिति हेर्ने काम गर्नु पसलेको नजरमा खराब मानिस बन्नु हो । पसलेले जति भन्यो त्यति तिर्दै जानु असल हुनु र उपभोग गर्ने वस्तुको अन्तिम उपभोग मिति हेर्नु खराब हो ? कतिपय ठाउँमा के पनि भनेको सुनिन्छ भने पसल खाली भएको बेला आउनुहोला, जसले गर्दा आरामले सामान दिन सकिन्छ, तपाईं बढी किचकिच गर्नुहुन्छ । यदि तरकारी बजार जाने हो भने यसमा विषादि छरिएको छ कि छैन भनेर सोध्नुको कुनै अर्थ हुँदैन ।
बजारमा विषादिरहित तरकारी पाइन्छ भन्ने ग्यारेन्टी हुन्छ ? हाम्रो उपभोगलाई सरल बनाउने काम स्थानीय सरकारको पनि हो कि ? सरकारले उपभोगकर्ताको अधिकार सुरक्षित राख्न आप्mनो सिमानाभित्रको तरकारी उत्पादन हुने क्षेत्रमा पुगेर वा खेतखेतमैं पुगेर अत्यधिक विषादि हाल्ने तथा अत्यधिक रासायनिक मल प्रयोग गर्ने किसानको खेती नै नष्ट गर्ने तथा निर्धारित सीमाभित्र रहेर तरकारी वा अन्य उत्पादन गर्ने किसानलाई ठाउँको ठाउँ पुरस्कृत गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो कि ? हरेक स्थानीय सरकारमा कृषि विभाग पनि हुन्छ र कृषि विभागले के गरेको छ होला ? कृषकलाई सन्तुष्टि हुने र आम उपभोक्तालाई सजिलो हुनेगरी फलानोको कृषि उपज यस कारणले खानयोग्य छ वा छैन भनेर सार्वजनिक गर्न थाले कृषकहरूमा नयाँ उत्साह आउँथ्यो । नयाँ तरीकाले खेती गर्न सिक्थे । उपभोक्ताले पनि आपूmमाथि न्याय वा अन्याय के भइरहेको छ भन्ने कुरो सजिलै बुझ्न पाउँथे ।
हामीले उपभोग गर्ने सामग्री केवल काम चलाउ छ कि ? आजलाई त हो नि भनेर उपभोगप्रति हेलचेक्र्याइँ गरिरहेका छौं कि ? हरेक दिन यस्तै भइरहँदा हामी अनुचित उपभोगप्रति अभ्यस्त भइरहेका छौं कि आफैं ठगिइरहेका छौं भन्ने कुरा पनि बिर्सिनथालेका छौं । आफैंलाई ठग्नु पनि नियति भइसकेको छ तर वास्तवमा हरेक समय र हरेक उपभोगमा सचेत हुनुपरेको छ । जहाँ गुणस्तरहीन उपभोगको सम्भावना देख्दछौं, त्यहाँ एकपटक सचेत बन्नुपरेको छ । कम्तीमा एकपटक विचार गर्नुपरेको छ । यदि आफैं सचेत नहुने हो भने, हुनसक्छ मुनिको पीढीलाई पनि बिचेत हुने संस्कार हस्तान्तरण गरिरहेका छौं कि ? यसरी असचेतता नै संस्कृति बन्न जाने डर हुन्छ । नियति बन्न जाने सम्भावना हुन्छ । यसकारण जति सकिन्छ, सचेत पो हुने कि ?