प्रस, पोखरिया, १७ फागुन/
पोखरिया नगरपालिकामा बिहीवार पशुहरूलाई एफएमडी (खोरेत) खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्साको आयोजना र पोखरिया नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा वडा नं ३ मा गाई, भैंसी, बाछा, बाछी, पाडा, पाडीलाई खोरेतविरुद्धको निश्शुल्क खोप लगाइएको थियो । पोखरिया नगरपालिका पशु सेवा शाखा प्रमुख कौशलकुमार झाले २५० वटा पशुमा निश्शुल्क खोप लगाइएको बताए । उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा प्रदेश कार्यालयबाट एक हजार थान पशुमा लगाउने खोरेत रोगविरुद्धको खोप प्राप्त भएको र आज वडा नं ३ का पशुहरूमा खोप लगाएको र लगत्तै अन्य वडाहरूमा पनि पशुहरूलाई खोरेतविरुद्धको खोप लगाउने बताए ।