प्रस, वीरगंज, १६ फागुन/
सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–५ कुम्हालटोलस्थित एउटा गोदाममा छापा मारी भन्सार छलीका करीब साढे चार लाख मूल्य बराबरको किराना सामान बरामद गरेको छ ।
कुम्हालटोलको एक तले घरमा भन्सार छलीका सामान भण्डार गरिएको सूचनाको आधारमा सशस्त्र प्रहरीको श्रीसिया र सीमा सुरक्षा गुल्म तथा वीरगंज भन्सार कार्यालयका प्रतिनिधिको रोहबरमा छापा मारिएको थियो । छापामारीको क्रममा सो गोदामबाट भन्सार छलीका चकलेट, गुटखा, रेपरलगायतका सामानहरू बरामद भएको र आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।