धर्मेन्द्र चौरसिया, पोखरिया, १५ फागुन/
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले गत आइतवारदेखि पर्सा जिल्लाका पालिकाहरूमा अनुसन्धान शुरू गरेको छ । अख्तियारको पाँचजनाको टोलीले पोखरिया नगरपालिका, पकाहामैनपुर र कालिकामाई गाउँपालिकालगायतमा अनुसन्धान गरेको थाहा हुन आएको छ ।

अख्तियारको टोलीले पालिकाहरूको सामाजिक विकास शाखाबाट दिइने तालीमहरूबारेमा उजूरी परेपछि सो विषयमा अनुसन्धान गरिरहेको बुझिन आएको छ । अख्तियारको टोलीले सामाजिक विकास शाखाबाट गत वर्ष ब्युटिपार्लर, कुशन, सरसफाइलगायतका विषयमा दिएको तालीममा भएका खर्चबारे अनुसन्धान गरिरहेको छ ।

उजूरीकर्ताले कतिपय तालीम सम्पन्न नगरेको र कतिपय तालीममा उद्देश्यपरकरूपमा काम नभएको तथा जथाभावी भुक्तानी गरिएको आरोपसहित अख्तियारमा उजूरी गरेपछि टोलीले आइतवारदेखि यस विषयमा अनुसन्धान शुरू गरेको हो ।

पालिकामा यस विषयमा गत वर्ष गरिएका भुक्तानीको बिल भरपाई, तालीम लिएकाहरूसँग सोधपूछ र तालीम भए/नभएको बारेमा पनि अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here