काठमाडौं, १५ फागुन/रासस
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

जीतका लागि नामिबियाले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १८६ रनमा समेटियो । सुरुआती ब्याटिङ कमजोर रहेको नेपालले मध्यक्रममा भने केही सम्हालिएर ब्याटिङ गरे पनि जीत निकाल्न भने सकेन ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । त्यसैगरी, कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए । उनले तीन चौका र तीन छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि कप्तान पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मल्लले ३२ रन बनाए । त्यस्तै, गुलशन झाले १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समान छ/छ रन जोडे । सन्दीप जोराले पाँच रन बनाए ।

नामिबियाका रूबेन ट्रम्पलम्यानले चार विकेट लिए भने बर्नार्ड स्कोल्ज, निकोल लोपफटी इटन र जान फ्रिलिड्ढले समान दुर्ई/दुर्ई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रनको योगफल बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मदतमा सर्वाधिक १०१ रनको योगदान दिए ।

इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन् । उनले ३३ बलमैं शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औं एशियाली खेलकूद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

त्यसैगरी, मलना क्रुगरले ४८ बलमा छ चौका र दुर्ई छक्काको मदतमा अविजित ५९ रन बनाए । त्यस्तै, माइकल भान लिङ्गेनले २० रन बनाउँदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे ।

बलिङतर्पm नेपालका कप्तान रोहित पौडेलले दुर्ई विकेट लिए भने करण केसी र अविनाश बोहोराले समान एक/एक विकेट लिए । जारी प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्ड्सबीच बिहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here