प्रस, वीरगंज, १३ फागुन/
राष्ट्रिय समाचार समिति (रासस)ले वीरगंजबाट प्रकाशित हुने राष्ट्रिय ‘क’ वर्गको प्रतीक दैनिकलाई सम्मानित गरेको छ । राससको ६३औं वार्षिकोत्सवको अवसरमा राजधानी बाहिरबाट प्रकाशित भइरहेको पत्रिकाहरूमध्ये प्रतीक दैनिकलाई पहिलोपटक सम्मानित गरेको राससका अध्यक्ष धर्मेन्द्र झाले बताए ।

राससका गतिविधिलाई प्राथमिकताको साथ प्रतीक दैनिकले प्रकाशन गर्दै आएकोमा यस वर्ष सम्मानित गरिएको उनले बताए । प्रतीक दैनिकका प्रबन्ध सम्पादक विकाश शर्मालाई आइतवार सिंहदरबार अगाडि रासस भवनमा खादा ओढाएर प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, सूचना अधिकारी शीतल महतो, बोर्ड सदस्य कृष्ण अधिकारी र रासस कर्मचारी सङ्घकी अध्यक्ष पवित्रा गुरागाईंलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here