प्रस, वीरगंज, ६ फागुन/
रिलिफ सोसाइटी अफ कमर्सले संस्थापक महासचिव एवं पूर्वअध्यक्ष स्व बिहारीलाल लाठको स्मृतिमा स्थापित ‘बिहारीलाल लाठ कर्मवीर सम्मान’ उनको १२औं वार्षिक पुण्यतिथिको अवसरमा आइतवार तीन विधामा तीनजनालाई प्रदान गरेको छ ।
रिलिफले राधादेवी बृजलाल लाठ ट्रस्टको सहयोगमा स्थापना गरेको सो सम्मान कार्यक्रममा प्रमुख अतिथि डा रामअवतार खेतानले समाजसेवामा योगदान पु¥याएबापत फूलचन्द्र अग्रवाल, भोजपुरी साहित्यमा योगदान पु-याएबापत धु्रवसिंह ठकुरी र स्वास्थ्य क्षेत्रमा योगदान पु-याएबापत बेला अग्रवाललाई सम्मानित गरेका थिए ।
कार्यक्रममा १५ जना गरीब, असहाय महिलालाई रोजगारका लागि सिलाइ मेशीन प्रदान गरिएको थियो ।
रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका कार्यकारी सदस्य सुबोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, रिलिफका पूर्वअध्यक्षद्वय नारायण रूँगटा र अशोक लाठलगायतको सहभागिता थियो ।