प्रस, निजगढ, ५ फागुन/

सञ्चारमाध्यमका चुुनौती एवं मिडिया साक्षरता कार्यक्रम बाराको निजगढमा शनिवार सम्पन्न भयो। कार्यक्रमका प्रमुुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारकर्मीहरूलाई सधैं सजग, सचेत, सत्यतथ्य प्रमाणको आधारमा आचारसंहिताको पालना गरी पत्रकारिता गर्न आग्रह गरे।

विगतको पत्रकारिताभन्दा अहिले अवसर र चुुनौती थपिएको बताउँदै उनले यस पेशालाई अझै विश्वासिलो, मर्यादित, पठनयोग्य बनाउने जिम्मेवारी पत्रकार र सञ्चारगृहको रहेकाले सामाजिक उत्तरदायित्व वहन गर्नेगरी पत्रकारिता गर्नुको विकल्प नरहेको औंल्याए। तथ्यहीन, प्रमाणहीन समाचारले पत्रकार र सञ्चारगृहको लोकप्रियता घटाउने मात्रै नभई पत्रकार नै असुुरक्षित बन्ने हुँुदा पत्रकारितालाई गम्भीरताका साथ अध्ययन, अनुुसन्धान गरी सत्यतथ्य प्रमाणका आधारमा कलम चलाउन अध्यक्ष बस्नेतले आग्रह गरे।

व्यवस्था परिवर्तनमा पत्रकारिताको योगदान राजनीतिक दलहरूको भन्दा कम नभएको अध्यक्ष बस्नेतले जिकिर गर्दै पत्रकार, सञ्चारगृहहरूलाई टिकाउन स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले सोच्नुुपर्ने उनले बताए। वर्तमान अवस्थामा पत्रकार र सञ्चारगृहहरूको आर्थिक अवस्था निकै खस्किंदो रहेकाले लोककल्याणकारी विज्ञापनलाई सहजरूपमा वितरण गर्न नसकिएको अध्यक्ष बस्नेतले उल्लेख गरे। विज्ञापनको नाममा स्थानीय तहमा लुँछाचँुडी र अपारदर्शी वितरण भइरहेको प्रेस काउन्सिलमा गुुनासो आउने गरेको बताउँदै यस्ता विकृतिलाई सच्याउन पत्रकार र जनप्रतिनिधिहरू स्वयम् सजग, सचेत र जिम्मेवार हुनुपर्ने अध्यक्ष बस्नेतले बताए।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुुर बेलवासे, मुख्य अधिकृत झविन्द्र भुसाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाईंले नेपाली पत्रकारितालाई विश्वासिलो, पठनयोग्न बनाउँदै बेथिति, भ्रष्टाचारविरुद्ध अडिग रही निरन्तर कमल चलाउनुपर्नेमा जोड दिए।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासङ्घ, बारा शाखाका अध्यक्ष रेशम तिवारी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here