प्रस, रौतहट, ५ फागुन/

रौतहटको इशनाथ नगरपालिकाका दुईवटा वडामा जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिवार साँझ ५ बजेदेखि अनिश्चितकालीन काफ्र्यू जारी गरेको छ।

फागुन ३ गते सरस्वतीपूजाको मूर्ति सेलाउने क्रममा घिउरा भन्ने स्थानमा दुई पक्षबीच झडप भएको थियो। तत्काल झडप साम्य भएपनि पछि त्यसले उग्ररूप लिएको थियो र इशनाथ नपा–६ र ७ का जोकहा, सानो जोकहा, रामपुरखाप, मोतीपुर र जयनगरमा विवादले उग्ररूप लिंदा केही मानिसहरू घाइते भएका थिए।

बिहीवारको विवाद साम्य पार्न शनिवार नगरपालिकामा सर्वपक्षीय बैठक बसेको थियो तर सो बैठकमा सहमति हुन नसकेपछि जिप्रका, रौतहटले आज साँझदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) कफ्र्यू आदेश जारी गरिएको र उक्त आदेशको बर्खिलाफ भएमा कानूनबमोजिम कडा कारबाही हुने जिप्रकाले सूचनामार्फत जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here