प्रस, वीरगंज, ४ फागुन/
वीरगंज महानगरपालिका कार्यालयले सात महीनामा रु २९ करोड ९४ लाख ६१ हजार ४६२ राजस्व सङ्कलन गरेको छ ।
वीरगंज महानगर राजस्व महाशाखाका प्रमुख मनोज कर्णले महानगरको आन्तरिक स्रोतबाट सो अवधिमा गत आवको तुलनामा करीब चार करोड बढी राजस्व सङ्कलन भएको बताए ।
उनले गत वर्षको यसै महीनासम्म रु २५ करोड ९९ लाख ५३ हजार ७५६ राजस्व सङ्कलन भएको जानकारी गराए । महानगरले सम्पत्तिकरबाट ११ करोड ४९ लाख ४९ हजार ९७७, भूमि/मालपोत करबाट ६१ लाख ३७ हजार १४७, घरबहाल करबाट तीन करोड ७७ लाख ४७ हजार ४४२, बहाल बिटौरीकरबाट ११ लाख ५१ हजार २००, सवारीसाधन कर (साना सवारी)बाट १८ लाख ८९ हजार ४१०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट एक करोड चार लाख १२ हजार ४३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन करबाट १९ लाख ६७ हजार २६५, व्यवसाय रजिस्टे«शन दस्तुरबाट एक करोड ६७ लाख दुई हजार १३०, अखेटापहारमा लाग्ने करबाट एक करोड ६४ लाख ६० हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय दुई करोड ७३ लाख ३८ हजार, निजी धाराको शुल्क ८३ हजार ३९०, अन्य सेवा शुल्क एक करोड ८६ लाख २६ हजार १०६, न्यायिक दस्तुरबाट १५ हजार ५७०, अन्य प्रशासनिक सेवा शुल्क १७ लाख २६ हजार ८२६, नक्शापास दस्तुरबाट दुई करोड १३ लाख १९ हजार ७३५, सिफारिश दस्तुरबाट एक करोड ४० लाख ९३ हजार ५४६, व्यक्तिगत घटना दस्तुरबाट १८ लाख ६७ हजार ८७७, नाता प्रमाणित दस्तुरबाट १३ लाख ७५ हजार ८७०, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ४१ लाख ७३ हजार ७६७ र बेरुजू छ लाख १९ हजार गरी चालू आवको सात महीनामा रु २९ करोड ९४ लाख ६१ हजार ४६२ राजस्व सङ्कलन भएको बताए ।