प्रस, वीरगंज, २९ माघ/
सांसद प्रदीप यादव र वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले वीरगंज–२३ सबैठवामा स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरेका छन् ।

शिलान्यासपछि सांसद यादवले ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमैं गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए ।

नगरप्रमुख सिंहले प्रयोगशालाको निर्माण कार्य समयमा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए । उनले सामान्य स्वास्थ्य जाँचको लागि वीरगंज बजार आउनुपर्ने बाध्यताको अन्त्य गर्न महानगरपालिकाले सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको बताए । ६६ लाख ५१ हजार रुपैयाँमा स्यारन बिजी कन्स्ट्रक्सन प्रालिले ठेक्का सकार गर्दै आगामी असार मसान्तभित्र निर्माण गर्ने सम्झौता गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here