प्रस, वीरगंज, १९ माघ/
विन्ध्यवासिनी गाउँपालिकामा शुक्रवारदेखि शुरू भएको विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको गापाध्यक्ष प्रमोद तिवारीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा गापाध्यक्ष तिवारीले खेल प्रतियोगिताबाट नयाँ प्रतिभाहरू उजागर हुने बताए । उनले प्रतियोगितामा सहभागी सबैलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन आग्रह गरे ।

‘स्वास्थ्यको लागि खेल’ नाराका शुरू भएको प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताए । उनले गापाका १४ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा म्युजिकल चेयर, शर्टफुट, र ज्याब्लिङ थ्रो गरी तीनवटा खेल खेलाइने बताए ।

प्रधानाध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखाप्रमुख मिथलेश कुशवाहा, इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसी, सशस्त्र प्रहरी बल अमरपट्टिका प्रहरी निरीक्षक सागर मल्ललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रअ मुकलेश गद्दीले गरेका थिए ।

उद्घाटन खेलमा म्युजिकल चेयरमा छात्र टीमबाट झौवा मावि प्रथम, दलित प्राथमिक विद्यालय इटियाही दोस्रो र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अमरपट्टि तेस्रो भएका थिए । छात्रातर्फ प्रसौनी प्रावि प्रथम, मधवल प्रावि दोस्रो र भगवती बागड प्रावि गर्दौल तेस्रो भएका थिए ।

शर्टफुटमा छात्र टीमबाट मावि झौवा प्रथम, मसुरुर आधारभूत विद्यालय प्रसौनी दोस्रो र मावि बहुअर्वा तेस्रो भएका थिए भने छात्रातर्फ झौवा मावि प्रथम, मसुरुर आधारभूत विद्यालय प्रसौनी दोस्रो र बहुअर्वा मावि तेस्रो भएका थिए ।

ज्याब्लिङ थ्रोतर्फ छात्र टीमबाट मसुरुर आधारभूत विद्यालय प्रसौनी प्रथम, झौवा मावि दोस्रो र बहुअर्वा मावि तेस्रो भएका थिए भने छात्रातर्फ स्काउट निमावि इटियाही प्रथम, झौवा मावि दोस्रो र बहुअर्वा मावि तेस्रो भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here