दिनेश मिश्र, वीरगंज, ९ पुस/
पोखरिया नगरपालिका–१ मा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण विकास तथा अनुसन्धान, वीरगंजको आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा वडा नं १ का १०० जना ज्येष्ठ नागरिकलाई वडाध्यक्ष प्रमोद गिरीले कम्बल, टर्चलाइट दिई गम्छा ओढाएर सम्मान गरेका थिए ।
वडाध्यक्ष गिरीले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक भएकाले उनीहरूलाई सम्मान गर्न पाउँदा आपूmलाई निकै खुशी लागेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रद्युम्नप्रसाद चौहानले ज्येष्ठ नागरिकले समाजमा गरेका योगदानलाई नबिर्सन आग्रह गरे । उनले युवापुस्तालाई ज्येष्ठ नागरिकको सल्लाह, सुझावमा अघि बढ्न आग्रह गरे ।
अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाका नरेन्द्र साह, समाजसेवी अनिल गिरी, सुनील रामलगायतको सहभागिता
थियो ।