पोर्ट मोरेस्बी, पपुवा न्यूगिनी/एएफपी
हिंसामा १५ जनाको मृत्यु भएपछि पपुवा न्यूगिनीका प्रधानमन्त्रीले बिहीवार ‘अराजकता’ विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधवार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले सरकारविरुद्ध प्रदर्शन शुरू गरेपछि हिंसा भड्किएको थियो ।
राजधानीबाट उत्तरतर्पm करीब ३०० किलोमिटर टाढा रहेको लाए शहरमा दङ्गा भड्किएको हो ।
प्रधानमन्त्री जेम्स मारापेले बिहीवार देशसँग माफी माग्दै ‘अराजकता’ को उत्पत्ति ‘सह्य नहुने’ बताएका छन् । उनले भने–“यो जति मेरो देश हो त्यति नै तपाईंको पनि हो, कानून भङ्ग गर्दैमा कुनै परिणाम प्राप्त हुँदैन ।”
प्रहरी आयुक्त डेभिड म्यानिङले नागरिक अशान्तिका कारण कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरेको एएफपीलाई उपलब्ध गराइएको विवरणमा उल्लेख छ । एएफपी टिभीको पूmटेजमा राजधानीका पसलहरूमा लुटेराहरू पसेको, सामान किन्दा प्रयोग गरिने ट्रली र प्लास्टिकका बाल्टिनहरूमा लुटेका सामानहरू कार्डबोर्ड बक्समा भरी लिएर गएको देख्न सकिन्छ ।
एएफपी टिभीको पूmटेज अनुसार भवन र कारहरूमा आगजनी गरिएको छ, जसले शहरका सबैभन्दा बढी प्रभावित भागहरूमा कालो धूवाँको बाक्लो मुस्लो उडेको देखिन्छ ।
पोर्ट मोरेस्बीस्थित अमेरिकी दूतावासले लुटेरा समूहलाई तितरबितर पार्न प्रहरीले प्रयास गर्दा आप्mनो कम्पाउन्ड नजीकै गोली चलेको जनाएको छ ।
यस अघि पोर्ट मोरेस्बीस्थित प्रधानमन्त्रीको कार्यालय बाहिर सानो भीड जम्मा भएको र पार्किङ गरिएको प्रहरीको गाडीमा आगजनी गरेको थियो ।
बेइजिङले पपुवा न्युगिनीको सरकारसमक्ष दङ्गामा सहभागीहरूले चिनियाँ स्वामित्वका व्यवसायिक केन्द्रलाई निशाना बनाएको रिपोर्टपछि उजूरी दर्ता गरेको छ ।
पोर्ट मोरेस्बी निवासी तथा पपुवा न्युगिनी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक माहो लाभेलले बिहीवार साँझसम्म शान्ति बहाली भएको बताए ।
उनले एएफपीसँग भने–“प्रहरी र सर्वसाधारणले लुटेराहरूलाई लखेटेका छन् र उनीहरूले जलिरहेका भवनको आगो निभाई थप क्षति हुनबाट रोकेका छन् । रासस