प्रस, रौतहट २५ पुस/
चन्द्रपुर नगरपालिका–४ निवासी रिक्साचालक केदारप्रसाद तिमिल्सिनाले सञ्चालन गरेको न्यानो कपडा वितरण कार्य आर्थिक अभावमा स्थगित भएको छ ।
हावाहुरीसँगै अहिलेको हुस्सुका कारण यात्रीहरू रिक्सा नचढ्दा आम्दानी आमदानी नभएर न्यानो कपडा वितरण कार्य गर्न नसकेको बताएका छन् । मेरो आमदानी न्यून रहेकोले मन भए पनि, आर्थिक अभावमा न्यानो कपडा वितरणमा समस्या भएको उनले बताए ।
छोरीका लागि ‘छोरी अभियान नेपाल’को सहयोगमा न्यानो कपडा वितरण गरेको बताउँदै चन्द्रपुर नगरपालिकाको बाल बालिकालाई न्यानो टोपी वितरण गरिसकेको उनले बताए ।
गुजरा नपा–३, पशुपति टोलमा ४ हजार विपन्न परिवारलाई न्यानो कपडा वितरण भएको उनले बताए ।
शीतलहर पीडितहरूलाई सहयोगी हात खोजेर न्यानो कपडा र सरसामान वितरण गर्दै आए पनि अहिले रिक्साबाट आम्दानी शून्य भएको अन्य कसैले पनि सहयोग नगरेको उनले बताए ।
बितेका वर्षहरूमा सहयोगी हात पाए पनि न्यानो कपडा ढुवानीमा आफैले खर्च गर्दै आएको उनले बताएका छन् ।
चुनावको बेला उम्मेदवारहरूले घरघरमा मासु–चामल बोकी पु-याउनेहरू पनि अहिले सहयोग त परको कुरा भेट्न पनि झर्को मान्ने गरेको उनको दुःखेसो छ ।