प्रस, वीरगंज, २२ पुस/
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ, मधेस प्रदेशको सातौं जिल्ला अधिवेशन वीरगंजमा शनिवार सम्पन्न भएको छ ।

रोहित ब्याहुतको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव शिवसागर शर्माले गरेका थिए । अधिवेशनले श्यामसुन्दर पटेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष समसुल अन्सारी, प्रथम उपाध्यक्ष पन्नालालप्रसाद चौरसिया, उपाध्यक्ष्F नरेश हरलालका, सचिव अरविन्दकुमार साह, सहसचिव बालकुमार यादव, कोषाध्यक्ष रामाशीष चौरसियालगायत सदस्यहरू सर्वसम्मत चयन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here