प्रस, रौतहट, १९ पुस/

देवाहीगोनाही नगरपालिका–८ पटेलचोकबाट १८ लाख ४३ हजार नक्कली नोटसहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

गुजरा नगरपालिका–५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई पटेल चोकमा चेकजाँच गर्ने क्रममा १,८४३ थान एक हजार दरको नक्कली नोट बरामद गरिएको जिप्रका, रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक एलिजा गिरीले बताइन्।

रौतहटका विभिन्न ग्रामीण बजारहरूबाट नक्कली नोटहरू बरामद हुन थालेपछि प्रहरीले सूचनाका आधारमा जयसवाललाई पक्राउ गरेको जनाएको छ। उनको साथबाट विभिन्न बैंकको पाँच थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेकसमेत बरामद भएको जिप्रका, रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here