प्रस, निजगढ, १६ पुस/
निजगढ नगरपालिका–६ स्थित जनसृजनशील सामुुदायिक वन उपभोक्ता समूहको जातेकुना सिमसार क्षेत्रमा निर्माण गरिएको पर्यटकीय स्थल आइतवारदेखि सञ्चालनमा आएको छ ।निजगढ नगरपालिकाका वडाध्यक्ष घनश्याम तिमिल्सिना र सोही वन समूहका अध्यक्ष कुुशबहादुुर थापाले संयुुक्तरूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष तिमिल्सिनाले वन समूहको वनजङ्गल क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रको सम्भावना रहेको क्षेत्रलाई संरक्षण एवं प्रचारप्रसार गर्नुुपर्ने बताए । समूहको वन क्षेत्रमा भएका रूखलाई कटान गरी वन पैदावर बिक्री गर्ने थलोको रूपमा मात्र नलिई पर्यटकीय क्षेत्रको सम्भावनाको विकास गरिनुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । सबैको साथ सहयोगमा विभिन्न देवीदेवताहरूका मूर्ति राखिएको धार्मिक महŒवले पनि यो वन क्षेत्रलाई चिनाउन सकिने र यसको लागि वडा कार्यालय सहयोग गर्न पछि नपर्ने उनले बताए ।

वन समूहका अध्यक्ष थापाले वन क्षेत्रको संरक्षण एवं विकासमा आम उपभोक्ताको साथ सहयोग रहेको बताउँदै वन क्षेत्रमा पर्यटकीय सम्भावना बोकेका क्षेत्रको छनोट गरी डिभिजन वन कार्यालय बारा मातहतका वन कर्मचारी, प्राविधिकहरूको रायसुझावलाई कार्यान्वयनमा ल्याइ पर्यटकीयस्थलका रूपमा विकास र प्रचारप्रसार गर्ने लक्ष्य वन समूहको रहेको बताए ।

सो वन क्षेत्रमा काजीबहादुर अधिकारी र सीता अधिकारीले रु ७५ हजारको लागतमा चुरे पहाडबाट निस्किएको पानीको मूूललाई संरक्षण गर्दै पर्यटकीयस्थलका रूपमा आकर्षक सिंह मुखे धारा, गोही, कालीनाग, द्वारपालेलगायतको संरचना निर्माण गरेका छन् ।

दाता अधिकारीले आफू सानैदेखि यसै वनजङ्गल क्षेत्रमा गोठाला साथीभाइसँगै आउने, घुुम्ने र यही जातेकुना मूलको पानी पिउने गरेकाले पनि अहिले यसको संरक्षण गर्दै धार्मिक महŒवका मूर्तिहरू निर्माण गर्न लगाएको बताए । उनले यो सुुरुआत मात्र भएको र यसमा धेरै काम गर्नुुपर्ने बताए । ठूलो महादेवको मूर्ति र वनभोज खान आउने, घुुम्न आउनेहरूका लागि बस्न मिल्ने फलामे ट्रस पनि राख्ने योजना रहेको बताए । सरकारी बजेटसँगै स्थानीयहरूले पनि केही न केही संरचना वा भगवान्का मूर्तिहरू निर्माण गर्न सके चाँडै नै यसको विकास हुुने उनले सुझाए ।

वन समूहको प्रस्तावित वन क्षेत्रको हैसियत बिग्रिएको चुरे फेदमा रहेको सिमसार क्षेत्रमा डिभिजन वन कार्यालय बारा र जलाधार तथा भूसंरक्षण कार्यालय, रौतहटले तीनवटा पोखरी निर्माण गरेपछि अहिले यो वन क्षेत्रको जातेकुना सिमसार पोखरी क्षेत्र वनभोज खान आउनेहरूको रोजाइमा पर्न थालेको छ । यो वन क्षेत्र राजमार्गबाट करीब १० किलोमिटर उत्तर विश्वकै कान्छो पहाड चुुरेको फेद र बस्तीबाट बढीमा पाँच किलोमिटरभित्र रहेको वन समूहकी सचिव लीला राउतले बताइन् ।

मूल सिमसार क्षेत्रमा विगतमा चित्तल, हरिण, मृग, खरायो, मयुर, वन कुखुरालगायत अन्य पशुपक्षीहरूको बाक्लो उपस्थित हुने गरेको र पोखरी निर्माणपछि पशुपक्षीहरूको चहलपहल झनै बढ्ने सम्भावना देखिएको छ ।

वन समूहको जातेकुनास्थित वन क्षेत्रको भौगोलिक भूबनोटसँगै चुरे आसपासमा रहेका सालका घना वनले र लगभग सात हेक्टर वन क्षेत्रमा रहेको पारिजात पूmलले भरिएको वनले पर्यटकहरूको मन लोभ्याउने वन समूहका सदस्य खसली मोक्तान र लक्ष्मीप्रसाद तिमिल्सिनाले बताए । घार, दाउरा, गोठाला आउँदा पारिजात फूल फुल्दा मनै लोभ्याउने गरी वन सुन्दर देखिने वन समूहका सदस्य चन्द्रमणि दाहाल बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here