नितेश कर्ण, वीरगंज, ९ पुस/
पर्सा जिल्लामा अहिले सबैखाले तस्करी शुरू भएको छ । खुला सीमा रहेको यो जिल्लाका विभिन्न स्थानबाट अहिले तस्करी निर्बाधरूपमा सञ्चालनमा छ । दुवैतर्फका सुरक्ष्Fा निकायलाई प्रभावित पारेर तस्करहरूले तस्करीको लाइन सञ्चालनमा ल्याएको स्रोतले जनाएको छ ।
कपडा, हार्डवेयर, विद्युतीय सामग्री, माछा, कुखुरा, कबाड, चौपायाहरूको तस्करी अहिले सञ्चालनमा छ । पशुपक्ष्Fी आयात निर्यातमा प्रतिबन्ध भएपनि खुला सीमाका कारण अहिले भारतबाट तस्करीको माध्यमबाट बोइलर कुखुरा भित्रिने क्रम जारी छ । यसैगरी, क्वारेन्टाइन गरेर चौपायाहरू भन्सार माध्यमबाट भित्रिनुपर्नेमा विनाक्वारेन्टाइन विभिन्न नाकाबाट तस्करीका माध्यमले भैंसी, राँगा, बाख्रा–बाख्री खुलेआम भित्रिरहेका छन् । मध्यराति १२ देखि बिहान ३ बजेसम्म तस्करीका सामानहरू वीरगंजलगायत सीमावर्ती क्ष्Fेत्रमा रहेका गोदामहरूमा सञ्चय गर्ने र त्यहाँबाट गन्तव्यतर्फ लैजाने क्रम जारी छ ।
वीरगंजको मुख्य नाकाबाट पनि तस्करी भइरहेको छ । सेटिङमा तस्करी भएकोले सशस्त्र, जनपदको सुरक्ष्Fा घेराबाट यो समयमा तस्करीका सामानहरू निर्बाधरूपमा भित्रिरहेका छन् । दसौता, पाँडेपुर, महादेवपट्टि, विजयबस्ती नाका भएर चौपायाहरूको तस्करी भइरहेका छन् भने इनर्वा, वीरगंज भन्सार, भकुवा, बजार छपकैया, श्रीसिया, अलौं, अमरपट्टि, सिकटा, सबैठवालगायतका क्ष्Fेत्रबाट पनि तस्करी भइरहेको छ ।
स्रोत अनुसार रम्भु, मञ्जु, जीतु नामक तस्करहरूले कपडा, हार्डवेयर, कम्प्युटर पाट्र्सको तस्करी गरिरहेका छन् । यसैगरी काजु, हार्डवेयरको तस्करीमा डब्बा भन्ने तस्कर सक्रिय छन् । किराना र हार्डवेयरको तस्करीमा सञ्जय, गाडीको पार्टपुर्जा तस्करीमा विजय, वैवाहिक सामानको तस्करीमा जयगुरु, मोबिलको तस्करीमा मुस्लिम, भैंसीको तस्करीमा बैधनाथ, कबाडीको तस्करीमा सञ्जय जैसवाललगायत व्यक्तिहरूको नाम अहिले चर्चामा छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तस्करी भइरहेको कुरा अस्वीकार गरे । उनले आपूmलाई यसबारेमा कुनै सूचना नभएको बताए ।
प्रहरीले पछिल्लो समयमा बिलबीजक भएका सामानहरूलाई शङ्कास्पद र बिलबीजकभन्दा बढी सामान रहेको कसूरमा नियन्त्रणमा लिने र राजस्व अनुसन्धानमा पठाउने कार्य गरिरहेको छ । तर राजस्व अनुसन्धानमा गएका ९० प्रतिशतभन्दा बढी ट्रकमा लोड सामानहरू छुट्ने गरेका छन् । चेकजाँचको नाममा चार–पाँच दिन दुःख भोग्नुपरेको र अतिरिक्त शुल्क तिर्नुपरेको व्यवसायीहरूले गुनासो गरेका छन् । तस्करीको लाइन खुला गरेर वैध तरीकाबाट भित्रिने सामानहरूलाई प्रहरीले पक्राउ गरी दुःख दिने नियत राखेको व्यवसायीहरू बताउँछन् ।