प्रस, सेढवा, २ पुस/

जीराभवानी गाउँपालिका अन्तर्गतको ओरिया खोलाको ठेक्का रद्द गर्न सोमवार एमाले, जसपा समर्थक नेताहरूले गापा कार्यालयलाई ज्ञापन बुझाएका छन् ।

एमाले नेता कुणाल महतो, जसपा नेता नेसार समानी, स्थानीय कैलाश दाससहितको टोलीले गापा उपाध्यक्ष रेखा चौधरी र प्रमुख प्रशासकीय अधिकृत मदन सत्याललाई ओरिया खोलामा लगाइएको नदीजन्य पदार्थ उत्खननको ठेक्का खारेज गर्न अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

ओरिया खोलाले बर्सेनि निजी जग्गाहरू कटान गर्दै आएको र आगामी वर्षामा महादेवपट्टि, पकडी र बलुवा टोलमा कटान बढ्ने र बस्ती विस्थापित हुन सक्ने सम्भावना भएकोले नदीजन्य पदार्थ उत्खननका लागि लगाएको ठेक्का खारेजीको माग गरेका हुन् । ज्ञापनमा ठेक्का मापदण्डविपरीत भएको र अविलम्ब खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिइएको छ । गापाले दुई साताअघि मात्र ओरिया खोलाको ठेक्का लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here