प्रस, वीरगंज, ३० मङ्सिर/

पर्सा जिल्लाका दुई स्थान र बाराको एक स्थानमा शनिवार आयोजित रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

वीरगंज महानगरपालिका–१६ नगवा पोखरीमा नगवा डेभलपमेन्ट कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ६१ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्रका प्राविधिक धीरेन्द्र झाले बताए । राहुल चौरसिया, विराज पटेल, अजय साह, इम्तियाज अलि, सञ्जिता कुशवाहा, पुष्पा कुशवाहा, आशिष गुप्तालगायतले रक्तदान गरेका थिए ।

यसैगरी, रोटरी र रोट्रयाक्ट क्लब अफ वीरगंजको आयोजनामा नारायणी सेन्ट्रल अस्पताल बिर्तामा आयोजित रक्तदान कार्यक्रममा पाँचजना महिलासहित ५१ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए । श्वेता मस्करा, अभिषेक यादव, जयप्रकाश पटेल, गोपाल महतो, रोहित गुप्ता, सुशील सर्राफ, राजु पटेल, नवीन गुप्ता, राहुल कुशवाहालगायतले रक्तदान गरेका थिए ।

यसैगरी, बाराको सिम्रौनगढ नगरपालिका–४ वडा कार्यालयको आयोजनामा कचोर्वामा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here