प्रस, वीरगंज, १६ मङ्सिर/
वीरगंज जेसीजको शनिवार ५१औं साधारणसभा सम्पन्न भएको छ ।
अध्यक्ष अरविन्द श्रेष्ठको अध्यक्षतामा बसेको साधारणसभाले आगामी सन् २०२४ का लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको सहायक निर्वाचन अधिकृत सन्तोष खनालले बताए । आज सम्पन्न साधारणसभाले अजय चौधरीको अध्यक्षतामा सर्वसम्मत गठित ११ सदस्यीय कार्यसमितिको कार्यकारिणी उपाध्यक्ष सुजित वर्णवाल, कानूनी सल्लाहकार सरोज चौरसिया, महासचिव तपेन्द्र चौधरी, कोषाध्यक्ष सुखसागर गौरो, उपाध्यक्षहरू पप्पु गुप्ता, अजय ओझैया, सेराज अन्सारी र देवराज प्रसाद तथा बोर्ड सल्लाहकारमा त्रिलोकीनाथ साह सर्वसम्मत निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत रञ्जन राउतले बताए । कार्यक्रममा पूर्वअध्यक्षहरू मधु राणा, गोपाल केडिया, अशोक गुप्ता, शेखर चौधरीलगायतको सहभागिता थियो ।
वीरगंज जेसीजमा १०६ जना सदस्य छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई पुस २७ गते पदस्थापन गराइने सहायक निर्वाचन अधिकृत खनालले बताए ।