प्रस, परवानीपुर, १० मङ्सिर/

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल अहिले वीरगंज भ्रमणमा छन्। क्यान, पर्साको निमन्त्रणमा उनी तीन दिवसीय प्रशिक्षण एवं भ्रमण कार्यक्रमको लागि वीरगंज आएका हुन्।

आगामी डिसेम्बर २१ देखि ३० सम्म नारायणी क्रिकेट रङ्गशालामा आयोजना हुने प्रो क्लब च्याम्पियनशिप (पिसिसी) प्रतियोगितामा सहभागी हुने पर्सेली खेलाडीहरूलाई प्रशिक्षण दिन उनी वीरगंज आएका क्यान, पर्साले जनाएको छ। ललितपुरका स्थानीय बासिन्दा मल्लले एशिया कपअगाडि राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए। उनी नेपाली राष्ट्रिय टोलीका दोस्रो कप्तान र सफल क्रिकेटरको रूपमा चिनिन्छन्।

१७ वर्ष पहिले नारायणी क्रिकेट मैदानबाट अन्डर–१५ खेलेका मल्ल दोस्रोपटक प्रशिक्षकको रूपमा वीरगंज आउन पाउँदा क्यान, पर्सालाई धन्यवाद दिए। क्रिकेट खेलाडी उत्पादनको लागि वीरगंज उर्वरभूमि भएको र यहाँका खेलाडीहरूलाई प्रशिक्षण दिने क्रममा भएको परिचय र खेलाडीहरूको प्रतिभा देखेर आपूm प्रभावित भएकोसमेत उनले बताए।

“नेपालका काठमाडौं, पोखरा, जनकपुर, हेटौंडा, धनगढी, बुटवलजस्तै वीरगंजबाट पनि सदैव प्रतिभाशाली खेलाडी नेपाली राष्ट्रिय टोलीले पाइरहेको छ। यसको मतलब क्रिकेट खेलाडीको लागि वीरगंज एउटा उर्वरभूमि हो,” उनले भने, “आसिफ शेख र आरिफ शेख जसरी राष्ट्रिय टोलीमा खेलिरहेका छन्। त्यसरी नै आगामी दिनमा देशले वीरगंजसँग राम्रो खेलाडीको अपेक्षा राखेको छ।”
क्यान, पर्साका अध्यक्ष्F मनीष सिंहले पर्सेली खेलाडीहरूको क्षमता अभिवृद्धि र सीप सिकाइको लागि भारत बिहारको पूर्वउपकप्तान महम्मद रमतुल्लाह शाहरूखको तीन दिनको प्रशिक्षण क्याम्प र तीन दिनको मल्लको क्याम्पले पर्सेली खेलाडीहरूको मनोबल उच्च भएको आपूले महसूस गरेको बताए।

जोहरा इन्टरनेशनलको सहयोगमा क्यान, पर्साको आयोजनामा हुने उक्त प्रतियोगिताको पहिलो संस्करण भैरहवामा भएको थियो भने दोस्रो संस्करण वीरगंजमा हुन लागेको हो। जसमा राष्ट्रियस्तरका खेलाडीहरूबाट बनेका चारवटा नेपाली टीम र दुईवटा भारतीय टीम रहनेछन्। टीम र टुर्नामेन्टको कुल खर्चबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने क्यान, पर्साका पूर्वअध्यक्ष एवं प्रतियोगिताका निर्देशक दाउद अन्सारीले जानकारी दिए। उक्त प्रतियोगिताले मधेस प्रदेशमा क्रिकेटको विकास र संवद्र्धनमा टेवा पु–याउने विश्वास लिएको क्यान, पर्साका उपाध्यक्ष एवं मधेस प्रदेशका मुख्य छनोटकर्ता मुर्तुजा हवारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here