प्रस, निजगढ, १० मङ्सिर/

टिपरले अटोलाई ठक्कर दिंदा अटोमा सवार एकजना यात्रुुको हात चुुँडिएर भुइँमा खसेको छ। घाइते हुुनेमा निजगढ नगरपालिका–१२ बारथलीका २८ वर्षीय धनबहादुुर लुुङ्गवा रहेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ।

शनिवार राति सोही नगरपालिका–३ स्थित सिंगौल मेला हेर्न घरबाट ना.२ह १८३५ नम्बरको अटोमा चढेर निजगढतर्फ आउँदै गर्दा विपरीत दिशाबाट आएको इँटा लोड बा. प्र. ०३–००१ ख १३५६ नम्बरको टिपरले राति करीब ८ बजे ठक्कर दिंदा सो दुुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर दु्रतगतिमा लाइट हेड गर्दै आएपछि आफूले सडक किनारमा अटो रोकेर राखेको अवस्थामा उक्त टिपरले अटोको बीच भागमा ठक्कर दिंदा भाइ धनबहादुुरको हात चुँडिन पुुगेको अटोचालक सोमलाल लुुङ्गवाले जानकारी दिए। टिपरले अटोलाई पेलेर अटोको बीच भागको छेउमा धसारेर अघि बढेपछि भाइले आफ्नो हात छैन भनेपछि अटो फर्काएर उक्त टिपरलाई पिछा गर्दै जाँदा नभेटेपछि रतनपुर अस्थायी प्रहरी चौकीलाई घटनाबारे जानकारी दिएको अटोचालक सोमलालले बताए।

रतनपुर प्रहरी चौकीले इप्रका निजगढलाई खबर गरेसँगै फरार टिपरलाई पक्राउ गर्न अमलेखगंज इप्रकामा खबर गरेपछि टिपर पक्राउ गर्न सफल भएको इप्रका, निजगढका प्रनि घनश्याम श्रेष्ठले बताए। टिपर चालक र साहुले टिपरले घटना नघटाएको जिद्दी गरेसँगै टिपरको अगाडि र पछाडिको चक्काको साइडतर्फको फलामे पातामा आलो रगत देखाएपछि उनीहरूले जिद्दी गर्न छोडेको टिपर र चालक पक्राउ गर्न खटिएका प्रहरीले बताए।

चीसोको कारण ज्याकेट लगाएकोले पाखुरासम्मको ज्याकेटको भाग नै चँुडिएर भुइँमा खसेको थियो। रतनपुरी चौकीबाट फर्केर भुइँमा खसेको हात लिएर उपचारका लागि वीरगंज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि चितवन अस्पतालमा रेफर गरिएको निजगढ प्रहरीले जनाएको छ। बढी रगत बगेकोले गम्भीर अवस्थामा पुुगेका घाइते धनबहादुर अहिले खतरामुुक्त रहेको बुुझिएको छ। टिपर चालक जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २३ वर्षीय टेकबहादुर लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। सो दुर्घटना रतनपुरी निजगढ सडकको लाल पार्किङनजीकै भएको हो।

रौतटहको बाल्चनपुुरबाट इँटा लोड गरी नुवाकोट त्रिशूली लैजाँदै गरेको सो टिपरले राजमार्ग छोडी भित्री सडक निजगढ–रतनपुर–डमरपुर सडक हुँदै अमलेखगंज निस्कने र सो रात घरमा बास बसी बिहान गन्तव्य जाने तयारीका साथ आफू हिंडेको टिपर चालक लोप्चनले बताए। सो टिपरको ठक्करले अटोमा समेत क्षति पुुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here