प्रस, पर्सागढी, ७ मङ्सिर/

पर्सागढी नगरपालिका–३ आमोदेवीमा यस वर्षको पूर्णिमामा लाग्ने मेलाको लागि समिति गठन भएको छ। वडाध्यक्ष सुकमान तामाड्ढो अध्यक्ष्Fतामा बसेको बैठकले उनकै अध्यक्षतामा २७ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको छ।

समितिमा अर्का वडाध्यक्ष शेख खुर्सेद उपाध्यक्ष, कुसुमदास थारू सचिव, सर्बत दास थारू कोषाध्यक्ष र जङ्गबहादुर दास थारू, प्रवीण लामालगायत सदस्य रहेका छन्। पर्सा जिल्लाका सात स्थानमा पूर्णिमाको दिन मेला लाग्छ।

आमोदेवी, कोइलाभार, सुगीभार, चैलाभार, कानाभार, गादीमाई र बाराको करैयामाईमा पूर्णिमा मेला लाग्ने गरेको छ।

यस वर्ष मङ्सिर १० र ११ गते दुई दिन पूर्णिमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here