प्रस, सेढवा, २३ कात्तिक/
जीराभवानी गाउँपालिका–३ मा जारी परसवा गोल्डकप–२०८० को फाइनलमा भारतको जय हिन्द एभरेस्ट क्लब, इनर्वा प्रवेश गरेको छ । इनर्वाले बाराको त्रिशूल क्लब, बकुलियालाई एकका विरुद्ध दुर्ई गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
मध्यान्तरअघि इनर्वाका जर्सी नं ९ का फ्लिपोले एक गोल गरी टीमलाई अग्रता दिलाएका थिए । बकुलिकाका जर्सी नं १४ का सुशान्त चौधरीले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । मध्यान्तरअघि नै इनर्वाका नाओबीले एक गोल गरी टीमलाई विजयी बनाए । आजको खेलमा इनर्वाका नाओबी ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई जीराभवानी गाउँपालिका वडा नं ३ का अध्यक्ष सुरज राय थारूले ट्रफी प्रदान गरे । खेलमा बकुलियाका एक/एक जना खेलाडीले रातो र पहेंलो कार्ड पाएका थिए भने इनर्वाका दुर्ईजना खेलाडीले पहेंलो कार्ड पाएका थिए ।
यस प्रतियोगिताको फाइनल खेलमा निचुटा युथ क्लब र इनर्वाबीच भिडन्त हुनेछ । फाइनल खेल शनिवार दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।